दिपक मनाङे मन्त्री पदबाट बर्खास्त

दिपक मनाङे मन्त्री पदबाट बर्खास्त
+
-

काठमाडौँ – कामचलाउ हैसियतमा रहेका गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ  (दिपक मनाङे)लाई पदमुक्त गरेका छन्।

उनले मनाङेलाई पदमुक्त गरिएको पत्र प्रदेशप्रमुखलाई पठाएका छन्।

बहालवाला मन्त्री भएर पनि विश्वासको मत नदिएपछि मनाङेलाई गुरुङले पदमुक्त गरेका हुन्। बिहीबार मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने क्रममा मतदानका बखत मनाङे प्रदेशसभामा अनुपस्थित थिए।

मनाङेले सम्हाल्दै आएको युवा तथा खेलकुद मन्त्रालय अब आफैले सम्हाल्ने गुरुङले प्रदेश प्रमुखलाई पठाएको पत्रमा उल्लेख छ।

यता मनाङेले भने आफूले मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। उनले नयाँ सरकार बनाउन विपक्षी गठबन्धनलाई सहयाेग गर्ने बताएका छन्।

मनाङ ‘ख’ बाट प्रदेशसभामा निर्वाचित मनाङेलाई मुख्यमन्त्री गुरुङले केही दिनअघि मात्रै मन्त्री बनाएका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष