सडकको अवस्था राम्रो नहुँदा सास्ती

सडकको अवस्था राम्रो नहुँदा सास्ती
+
-

काठमाडौँ – सडकको अवस्था राम्रो नहुँदा रसुवा टिमुरेका जनताले दुःख भोग्नुपरेको छ। सिन्धुपाल्चोकको तातोपानी नाकाको विकल्पमा हेरिएको रसुवाको टिमुरेसम्म पुग्ने सडकको दुरवस्थाले स्थानीय जनताले दुःख पाएका हुन्।

रसुवाको धुन्चेदेखि छिमेकी राष्ट्र चीन जोडिने नाका टिमुरेको सडकको अवस्थाले स्थानीय जनताको दैनिकमा समेत नकारात्मक असर परेको छ।

हिमाली क्षेत्र भएकोले यस क्षेत्रमा पर्याप्त उब्जनी हुँदैन। सबैकुरा किनेर चलाउनुपर्ने हुन्छ। सडकको अवस्था राम्रो नहुँदा पर्याप्त सामान नपाइने, पाइएको सामान महँगो हुने, बासी सडेगलेको खाद्यान्न पुग्ने भएकाले स्थानीय जनताले दुःख पाएका छन्।

टिमुरेकी स्थानीय तारा रानामगरले खाद्यान्न लत्ताकपडा र तरकारी समेतमा काठमाडौंको भर पर्नुपरेको बताए।

यस्तै, अर्का स्थानीय व्यवसायी बलबहादुर घर्ती मगरले खराब बाटोको मारसँगै कोरोना संक्रमणको जोखिमका कारण लगाइएको निषेधाज्ञाले समेत दुःख पाएको बताए।

धुन्चे टिमुरे सडकखण्डको स्तरोन्नति गर्ने विषय वर्षदेखि योजनामा परे पनि समयमै काम हुन सकिरहेको छैन।

मुख्य सहर जोड्न बाटो लामो भएको र सडकको अवस्था पनि सुध्रन नसकेपछि व्यापार, व्यवसाय पनि हुन छाडेको छ।

टिमुरेकै स्थानीय छुनी डोल्मा लामाले बिरामी भएर अस्पताल जान समेत बाटोको कारण समस्यामा परेको बताइन्।

यस्तै, रसुवाका पूर्व सांसद(प्रतिनिधि सभा) मोहन आचार्यले सडकको स्तरोन्नति गर्न सरकारसँग विभिन्न चरणमा छलफल भएपनि मूर्तरुप पाउन नसकेको बताएका छन्।

उत्तरी छिमेकी चीनसँग जोड्ने सहज नाकाको रुपमा हेरिए पनि आवश्यक भौतिक पूर्वाधारको कमीले प्रयोगमा आउन नसकेको पूर्वसांसद आचार्यले बताए।

सरकारले यस सडकखण्डलाई एक निर्वाचन एक रणनीतिक सडक कार्यक्रमअन्तर्गत पारेको हुँदा आगामी आर्थिक वर्षमा काम हुने विश्वास व्यक्त गरे।

यो सडकलाई पवित्र धार्मिक स्थल गोसाइँकुण्ड जाने बाटोमा परिणत गर्नसके धार्मिक पर्यटनबाट आयआर्जन गर्न सकिने पूर्वसांसद मोहन आचार्यको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?