
पोखरा – गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले बहुमत सांसदको हस्ताक्षर बुझाएको छ।
कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्तिका लागि शशरिर उपस्थित भएर प्रदेशसभाका ३१ जना सांसदहरु प्रदेश प्रमुखको कार्यालयबाट फर्किएका छन्।
पोखरेललाई कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ एक स्वतन्त्र सांसदसहति ३१ सांसदको समर्थन छ। स्वतन्त्र सांसद दीपक मनाङ्गेले पनि उनलाई समर्थन लिएका छन्।
नेपाली सबै सांसदलाई लिएर प्रदेश प्रमुख सीताकुमारी पौडेलको कार्यालयमा पुगेका थिए। पौडेलकै अगाडि सांसदहरुको हस्ताक्षरको सनाखत गराउन आग्रह गरे पनि उनले ‘भोलि हेरौँला’ भनेर फिर्ता पठाएकी उपस्थित एक सांसदले जानकारी दिए।
बहुमत सांसदको हस्ताक्षर बुझाएसँगै नेपाली मुख्य बन्ने निश्चित भएको छ।
नयाँ सरकार गठनका लागि आह्वान भएको केही घण्टा पनि बित्न नपाउँदै विपक्षी गठबन्धन बहुमत सदस्यसहित प्रदेश प्रमुखको कार्यालयमा पुगेको हो।
शुक्रबार दिउँसो ३ बजे प्रदेश प्रमुख सीताकुमारी पौड्लले संविधानको धारा १६८ (२) बमोजिम १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्तिका लागि दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न आह्वान गरेकी थिइन्। उनले भोलि दिउँसोसम्मको समय दिए पनि तयारी अवस्थामा रहेका विपक्षी तत्कालै सरकार बनाउन अग्रसर भएका हुन्।
उक्त आह्वान भएको दुई घण्टाभित्र विपक्षी गठबन्धन ३१ सांसदको समर्थन लिएर गएको हो। ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ जनाको सर्थमन चाहिँ भए पनि मुख्यमन्त्री पृथ्वीसुुब्बा गुरुङले बिहीबार २७ मत मात्रै पाएर सदनको विश्वास गुमाएका थिए।
उनको विपक्षमा ३० मत परेको थियो। मतदानमा मनाङ्गे अनुपस्थित भएका थिए।