व्यङ्ग्य गजल

छुट्ला भन्ने डर

छुट्ला भन्ने डर
+
-

देख्या कुरा बोलौँ भने कुट्ला भन्ने डर
उखेल्छन् कि कन्सिरिको भुत्ला भन्ने डर।।

आँखा चिम्लि नदेखे झैँ पाखा लाग्नु जाति
जलाउँछन् कि मेरो आफ्नै पुत्ला भन्ने डर।।

अहिलेको थितिमा कसको विश्वास छर
गुण्डा लगाइ ढाडै भाँची चुट्ला भन्ने डर।।

दल तिनकै बल तिनकै गुहार माग्नु कता
जालि छापले माथि पुगी भुट्ला भन्ने डर।।

कालो दाग दौराको खुट्याइ दिउँ झै लाग्छ
कटबाँसले आफ्नै खप्पर फुट्ला भन्ने डर।।

अहिले चाहिँ कुम्लो पार्न राति मात्रै चोर्छ
ठाउँमा पुगे दिउँसै पनि लुट्ला भन्ने डर।।

कहिले भाले फुल पार्ने कहिले पोथी बास्ने
आलो पालो शपथ खान जुट्ला भन्ने डर।।

बारले बाली खाँदा पनि चुप लागि बस्छन्
भत्काउँ भने दाना पानी टुट्ला भन्ने डर।।

देश घाती यहि हो भनि उजुर हालौँ भने
कुरा मिलाइ माथिबाट छुट्ला भन्ने डर।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?