
काठमाडौँ- प्रदेशसभामा विश्वासको मत पाउन नसकेका पदमुक्त मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन्। उनले जनता समाजवादी पार्टीको प्रदेश समिति र जनमोर्चाका सांसद कृष्ण थापाको साथमा आफूले दाबी पेश गरेको उल्लेख गरेका छन्।
यद्यपि जसपाका सांसदहरुले भने आफ्नो समर्थन कांग्रेसका सांसद् कृष्णचन्द्र नेपालीलाई रहेको बताएका छन्।
उता विश्वासको मत दिने बेलामा तटस्थ बसेका जनमोर्चाका सांसद कृष्ण थापाले पनि आफ्नो साथ अहिलेकै सरकारलाई रहेको बताएको भन्दै मुख्यमन्त्री गुरुङले दाबी पेस गरेका हुन्।
यसअघि शुक्रबार नै नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपालीले ३१ जना बहुमत सांसदहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका छन्।