
काठमाडौँ- कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै ३१ जना सांसद प्रदेश प्रमुखको कार्यालयअघि धर्नामा बसेका छन्।
विश्वासको मत नपाएका पृथ्वीसुब्बा गुरुङले फेरि मुख्यमन्त्रीमा दाबी गरेपछि कांग्रेसका कृष्णचन्द्र नेपाली आफूलाई समर्थन गरेका सांसदको दलबलसहित प्रदेश प्रमुखको कार्यालयमा धर्ना बसेका हुन्।
६० सदस्यीय प्रदेशसभामा ३१ जना सांसद बहुमतको हस्ताक्षर बुझाएका नेपालीलाई स्वभाविक रुपमा नियुक्ति हुनुपर्ने दाबीसहित मुख्यमन्त्रीको कार्यालय पुगेका हुन्।
गुरुङले एमालेका २७ र जनमोर्चाका एक सांसदको हस्ताक्षरसहित दाबी गरेका हुन्। मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुख सीताकुमारी पौडेलले दिउँसो ३ बजेसम्मको समय दिएका थिइन्।
नेपालीलाई कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ एक स्वतन्त्र सांसदसहति ३१ सांसदको समर्थन छ। स्वतन्त्र सांसद दीपक मनाङ्गेले पनि उनलाई समर्थन लिएका छन्।
संविधानको धारा १६८ (५) को मुख्यमन्त्रीमा दुवै पक्षले दाबी गरेपछि केन्द्रको घटना गण्डकीमा पनि दोहोरिने हो कि भन्ने आंशका नेपाली पक्षले गरेको छ।