केपी ओलीले भनेर आफ्नो निष्ठा त्याग्ने मानिस म होइन: पृथ्वीसुब्बा गुरुङ

केपी ओलीले भनेर आफ्नो निष्ठा त्याग्ने मानिस म होइन: पृथ्वीसुब्बा गुरुङ
+
-

काठमाडौँ – गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीयताको सही अर्थ जनता सामु प्रस्तुत गर्नका लागि स्थिर सरकारको खाँचो रहेको र त्यसका लागि सबै राजनीतिक दल तथा नेताहरुले आफ्ना प्रवृत्ति सुधार गर्नु पर्ने बताएका छन्।

आइतबार सरकारी निवास छोड्नु अघि गरेको पत्रकार सम्मेलनमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारलाई प्रतिपक्षी दलको नेताका रुपमा सकारात्मक कामका लागि सहयोग गर्न प्रतिवद्ध रहेको बताए।

तर जसरी गठबन्धन बनेको छ त्यो हेर्दा हालको सरकारको भविष्य पनि स्थिर नदेखिएको उनले बताए।

उनले भने, ‘यो सरकार राम्रोसँग चलोस्, लामो समय चलोस्। तर गठबन्धन सरकारको भविष्य लामो नहुने विगतका उदाहरणले देखाएका छन्। अझ यो सरकार त पदका लागि पूर्व, पश्चिम उत्तर, दक्षिणका दल मिलेर बनेको गठबन्धनको भरमा छ। केही तलमाथि हुने बित्तिकै झगडा हुन्छ। त्यसैले अहिले गठबन्धन लामो टिक्ने खालको लाग्दैन, तर लामो समय चलोस् भन्ने चाहना छ।’

आफूले प्रदेशसभा विघटनको कुरा नगरेको दाबी गर्दै गुरुङले राजनीतिक स्थिरताका लागि सबै पक्षमा सुधारको खाँचो रहेको बताए।
उनले कसैले भनेर आफ्नो निष्ठामा सम्झौता नगर्ने पनि बताए।

पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘केपी ओलीले भनेर आफ्नो निष्ठा त्याग्ने मानिस होइन म। तर अहिलेको अवस्थाका लागि उहाँ एक्लैलाई मात्र दोषी देखाउनु पनि उपयुक्त होइन। प्रधानमन्त्री तथा ठूलो दलको नेताको नाताले एउटा पात्र उहाँ पनि हुनुहुन्छ। तर अरु नेता, प्रमुख प्रतिपक्षी दलको भूमिका पनि त छ। विभाजनको रोग सबै दलमा देखिएको छ र यसले स्थिर राजनीतिलाई चुनौति दिएको छ।’

यो पनि पढ्नुहोस्

ओलीको दबाब गुरुङले अस्वीकार गर्दा कांग्रेसका पोखरेलले पाए गण्डकीमा मौका

ओलीको दबाब गुरुङले अस्वीकार गर्दा कांग्रेसका पोखरेलले पाए गण्डकीमा मौका

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष