धर्नामा कार्यकर्ता घुसाउन खोज्दै सांसदले इन्स्पेक्टर थर्काएपछि…

धर्नामा कार्यकर्ता घुसाउन खोज्दै सांसदले इन्स्पेक्टर थर्काएपछि…
+
-

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति दाबी गर्दै कांग्रेस, माओवादी, जसपा र जनमोर्चाका सांसद प्रदेश प्रमुखको निवास गेटैमा धर्नामा थिए। धर्नामै बसिरहेका कांग्रेस सांसद मेखलाल श्रेष्ठलाई फोन आयो। उनी हतारिँदै उठे। सरासर मूलबाटोको नजिकै प्रहरी भएतिर पुगे। भएको के रहेछ भने कार्यकर्ता प्रदेश प्रमुख निवासतिर आउन पाएका रहेनछन्। कसले हो अर्डर दिएको भन्दै ती कार्यकर्तालाई निवासअघि ल्याउन खोजे सांसद श्रेष्ठले। त्यसबीचमै सांसद र प्रहरीबीच सामान्य धकेलाधकेलसमेत भयो।

प्रहरीले हात जोडेर नमस्ते भन्दै ‘मिल्दैन मिल्दैन, माननीयज्यूलाई’ मात्रै भने। सांसद श्रेष्ठ भने ‘के नमस्ते’ भन्दै झर्किए। ‘किन मिल्दैन ?’ उनले प्रहरीलाई प्रतिप्रश्न गरे।

कार्यकर्ता पनि सल्लाहमै आएको भन्दै थिए। सांसद श्रेष्ठ भने ‘मलाई अपहरण गर्ने ? के हो यो’ भन्दै प्रहरीसँग बाझे। सांसद श्रेष्ठ त्यतिमै रोकिएनन् । प्रहरीलाई हकार्न थाले । उनले भने, ‘फोटो खिचम् त यति तानाशाह भनेर।’

एकैछिन रोकिएर उनी फेरि प्रहरीतिर फर्कंदै झर्किए, ‘तपाईंको हिसाबकिताब हुन्छ के।’

सांसद श्रेष्ठ र प्रहरीबीचको त्यही दृश्य भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सांसदले चोरी औंला ठड्याउँदै धम्क्याएपछि प्रहरी इन्स्पेक्टरले जवाफ फर्काएको भिडिओमा देखिन्छ ।

उनले भने, ‘हुन्छ, हुन्छ, श्याम थापामगर, बैदाममा कार्यरत छु।’

त्यसपछि सांसद श्रेष्ठ ‘ल ठिक छ’ भन्दै फर्किंदा फर्किंदै फेरि प्रहरीलाई थर्काए। श्रेष्ठले भने, ‘फुर्ति नछाँटम्।’ इन्स्पेक्टरले फूर्ति नछाँटेको भन्दै उत्तर फर्काए। ‘फूर्ति छाँट्या हैन, तपाईंले हिसाबकिताब भन्नुभयो नि’ भन्दै इन्स्पेक्टर तर्किए, ‘नाम श्याम थापामगर हो, यहीं बैदाममा।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष