
सिमकोट– कोरोना भाइरसको संक्रमणबाट हुम्लामा थप एकजनाको मृत्यु भएको छ।
चंखेली गाउँपालिका वडा नम्बर ३ का ५२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले पुष्टि गरे।
कोरोना पुष्टि भएपछि उनी तीन दिनदेखि इलाका स्वास्थ्य कार्यालय मिमीमा उपचाररत थिए। उनलाई स्वासप्रश्वासमा समस्या देखिएको थियो।
शव व्यवस्थापनका लागि तयारी भइरहेको प्रजिअ आचार्यले जानकारी दिए।
यसअघि गत जेठ २० गते जिल्लामा पहिलो पटक कोरोनाबाट ५७ वर्षीय पुरुषको मृत्यु भएको थियो।
हुम्लामा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।