चीनको अन्तरिक्ष क्षमता बिस्तारः तीन यात्री नयाँ अन्तरिक्ष केन्द्र तर्फ प्रस्थान

चीनको अन्तरिक्ष क्षमता बिस्तारः तीन यात्री नयाँ अन्तरिक्ष केन्द्र तर्फ प्रस्थान
+
-

चीनले तीन अन्तरिक्ष यात्रीलाई आफ्नो नयाँ अन्तरिक्ष केन्द्र तर्फ पठाएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान चीनले चीन यात्रीसहितको यान नयाँ अन्तरिक्ष केन्द्र तर्फ पठाएको हो ।

उत्तर पश्चिमी चीनमा रहेको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट यात्रीसहितको यान पठाइएको हो ।

तीन यात्रीहरुले नयाँ अन्तरिक्ष केन्द्रको कक्षमा तीन महिना बिताउने छन् र उनीहरुले त्यहाँ अन्तरिक्ष केन्द्रको निर्माण सम्बन्धी काम गर्ने सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अन्तरिक्ष यात्रीहरु नी हेशेङ्ग, लियू बोमिङ्ग र ताङ्ग होङ्गबोले अन्तरिक्ष यात्रा सुरु गरेका हुन् । उनीहरुले पृथ्वीबाट ३८० किलोमिटर पर रहेको अन्तरिक्ष केन्द्रको कक्षमा तीन महिना बिताउने छन् । यो चीनको अहिलेसम्मको लामो अवधिको अन्तरिक्ष अभियान हो । पछिल्लो पाँच वर्षयता चीनले पहिलोपटक टोली पठाएको हो ।

सेन्झोउ–१२ क्याप्सुल अन्तरिक्ष यानबाट उनीहरु गएका हुन् ।

चीनले पछिल्लो समय आफ्नो अन्तरिक्ष क्षमता बिस्तार गर्दै लगेको छ । पछिल्लो ६ महिनामा चीनले चन्द्रमाको सतहबाट माटो र ढुंगाको नमूना ल्याउन सफल भएको छ । यस्तै मंगल ग्रहको सतहमा ६ चक्के रकेट अवतरण गर्न पनि चीन सफल भएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?