
सिमकोट – मनसुन सुरु भई लगातार वर्षा हुन थालेपछि सतर्कता अपनाउन सबै गाउँपालिकालाई स्थानीय प्रशासनले पत्राचार गरेको छ।
सम्भावित जोखिम स्थानमा रहेका बस्तीको धनजनको क्षति सुरक्षा गर्न प्रशासनले सतर्कता अपनाउन पत्राचार गरेको हो।
बिहीवार अबेर प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले पत्र लेख्दै जिल्लाका सात वटै गाउँपालिकामा वर्षाबाट आउन सक्ने बाढी–पहिरोको जोखिमबाट बच्नका लागि सावधानी अपनाउन र हुन सक्ने क्षतिका लागि राहत उद्धार कार्यका लागि तयारी रहन पत्राचार गरेका छन्।
हालसम्म जिल्लामा कुनै क्षति नभएको तर हुन सक्ने प्रकोपप्रति नदी, खोला–नाला नजिकका बस्तीलाई सतर्क राख्न अनुरोध गरिएको छ।
वर्षा भर्खर सुरु भएका बेला जिल्लामा विपद प्रतिकार्य योजना तयार गर्ने कार्य सम्पन्न भएको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले वर्षाबाट सम्भावित हुने बाढी–पहिलोबाट हुने मानवीय क्षतिको उद्धार र राहतका लागि तयारी रहनुपर्ने बताए।
तीन दिनदेखि लगातार वर्षा भए पनि हालसम्म जिल्लामा कुनै क्षति नभएको भन्दै प्रमुख जिल्ला अधिकारी आचार्यले उद्धार तथा राहतका लागि तयारी आवश्यक रहेको बताए।
बाढी–पहिरोबाट हुन सक्ने जोखिमबारे स्थानीय प्रशासनलाई जानकारी गराउनुपर्ने यसका लागि सहायक प्रअिज दशरथ राई प्रहरी र सेनालाई जानकारी गराउन पनि पत्रमा उल्लेख गरिएको छ।
केही दिनअगाडिको वर्षाबाट भने घर भत्कने र बाली लगाएको जग्गामा क्षति पु¥याएको थियो। विपद प्रतिकार्य योजना तयारी अवस्थामा छ। गत वर्ष वर्षाबाट आएको बाढी, पहिरो, घर तथा बाटो भत्कने कार्यबाट ३६ लाख बराबरको क्षति भएको थियो।