काठमाडौँ – गण्डकी प्रदेसभाको शुक्रबारको बैठक अहिले चलिरहेको छ। आजको बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै छन्।
मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्था बमोजिम उनले विश्वासको मत लिन लागेका हुन्।
विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री पोखरेलले राजनीतिक स्थायित्व र संघीयताको सुदृढीकरणका लागि आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन्। अहिले प्रदेशसभा सदस्यहरुले विश्वासको मत सम्बन्धी प्रस्तावमा बाेल्ने क्रम चलिरहेको छ।
नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एकजना स्वतन्त्र सांसदको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।