रित्तिँदै सचिव पद

रित्तिँदै सचिव पद
+
-

काठमाडौँ – निजामती सेवाको सचिव पद खाली हुँदै गएको छ। लोकसेवा आयोगमा पदाधिकारी नियुक्त गर्न ढिलाइ गर्दा यो अवस्था आएको हो।

गत असार २६ गते पदाधिकारी नियुक्त गरे पनि संसदीय सुनुवाइ नहुँदा काम गर्न सकिरहेका छैनन्।

नेपाल सरकारको विभिन्न निकायमा नेतृत्व दिनुपर्ने सचिव पद खाली छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खानेपानी मन्त्रालय, कृषि तथा पशुपक्षी मन्त्रालयको पशुपक्षी हेर्ने सचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विज्ञान तथा प्रविधि हेर्ने सचिव, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गण्डकी प्रदेश र कर्णाली प्रदेशको सचिव पद खाली छ।

गत असार १ गतेदेखि त उपराष्ट्रपतिको कार्यालय पनि सचिवविहीन भएको छ। उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव गोपीनाथ मैनालीले असार १ गते पदावधिका कारण अवकाश पाए।

निजामती सेवा ऐनमा सचिव पदको पदावधि ५ वर्ष तोकिएको छ। नेपाल सरकारको विभिन्न निकायमा निजामती सेवाको प्रशासनको ३४, न्याय सेवाको १३, इन्जिनियरिङतर्फ ८ तथा वन र संघीय संसद्मा एक–एक जना रहने गरी ६९जना सचिव पद रहने व्यवस्था छ।

यसबाहेक नेपाल सरकारको मुख्यसचिव, सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार र संघीय संसदमा महासचिव रहने व्यवस्था छ।

मन्त्रालय तथा अन्य सरकारी निकायमा नेतृत्व दिनुपर्ने सचिव पद खाली हुँदा कार्यालयको काम र बढुवा हुन योग्य सहसचिवहरूको वृत्तिविकास र पदोन्नतिमा सिधा असर परेको छ।

यसरी लामो समय मन्त्रालय र निकाय खाली हुँदा ती निकायको काम र प्रभावकारितामा सीधा असर गर्ने लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले बताए।

सचिव पद खाली हुँदा त्यो निकाय कामचलाउमा परिणत हुने अवस्था आउने पूर्वअध्यक्ष मैनालीले बताए। यस्तो अवस्थामा मन्त्री स्वयंले समेत काम गर्न नसक्ने अवस्था आउने अध्यक्ष मैनालीको तर्क छ।

यता लोकसेवा आयोगमा पदाधिकारी नियुक्त गरिए पनि काम हुन सकेको छैन। गत वैशाख २६ गते लोकसेवा आयोगमा पदाधिकारी नियुक्त गरिएको थियो।

यसरी नियुक्त पदाधिकारीको संसदीय सुनुवाइ नहुँदा काम गर्न सकेका छैनन्। कर्मचारीको बढुवा प्रक्रियामा लोकसेवा आयोगका परामर्श चाहिने हुन्छ।

तर, आयोग नै पदाधिकारीविहीन जस्तो छ। नियुक्त भएका पदाधिकारीको ४५ दिन असार १० गते पुग्दै छ भने नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट परेको छ।

नियुक्त भएको ४५ दिनभित्र संसदीय सुनुवाइ नभए स्वतः नियुक्त हुने व्यवस्था छ। लोकसेवा आयोगमा पदाधिकारीले काम गर्न नपाउन्जेल सबै बढुवा प्रक्रिया रोकिनेछ।

यस्तो अवस्थामा सरकारले बढुवाका लागि योग्य भएका र अगाडि रहेका मध्येबाट एक जनालाई कायम मुकायम दिएर तत्कालका लागि गाँठो फुकाउन सकिने पूर्वअध्यक्ष मैनालीले सुझाव दिए।

विभिन्न निकायको प्रशासनिक नेतृत्व दिने पद खाली हुँदा खाली भएको निकायको मात्र नभएर सरकारको प्रभावकारितामा समेत असर पर्ने उनको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?