बागलुङमा कोरोना ज्यान गुमाउनेको संख्या ५० पुग्यो

बागलुङमा कोरोना ज्यान गुमाउनेको संख्या ५० पुग्यो
+
-

बागलुङ– बडिगाड गाउँपालिका–६ की कोरोना भाइरस संक्रमित २६ वर्षीया महिलाको गत राति उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको छ।

एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएपछि उनलाई शुक्रबार मात्रै अस्पताल भर्ना गरिएको थियो। अस्पताल आउँदा नै महिलाको अवस्था गम्भीर बनेको र चिकित्सकले हरसम्भव प्रयास गर्दा पनि बचाउन नसकेको स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोतव्यक्ति देवप्रकाश घिमिरेले बताए।

यससँगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५० पुगेको उनको भनाइ छ।

कोरोना महामारीको पहिलो लहरमा जम्मा ११ जनाको मृत्यु भएकामा वैशाखयता सुरु भएको दोस्रो लहरमा ३९ जनाले ज्यान गुमाउनुपरेको छ।

जिल्लामा पहिलोपटक ०७६ चैत १५ मा कोरोना संक्रमणको घटना पुष्टि भएको थियो। त्यसयता चार हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ।

हाल सक्रिय संक्रमितको संख्या तीन सय ५० रहेको स्रोतव्यक्ति घिमिरेले जानकारी दिए। पछिल्लो समय संक्रमणको दरमा केही कमी आएको छ।

अस्पतालमा पनि कोरोना संक्रमितको संख्या घट्दै गएको छ। संक्रमण घटे पनि जनस्वास्थ्यका मापदण्ड पालनामा लापरबाही नगर्न चिकित्सकले सुझाउँदै आएका छन्। कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि वैशाख २१ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष