बाढीले पाँचजना बेपत्ता पारेको हेलम्बुको सुनसान हाल्दे गाउँ

बाढीले पाँचजना बेपत्ता पारेको हेलम्बुको सुनसान हाल्दे गाउँ
+
-

हेलम्बु (सिन्धुपाल्चोक) – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ को हाल्देमा हेलम्बुमा नदीमा आएको बाढीले पाँचजना बेपत्ता पारेपछि बस्ती खाली भएको छ ।

बाढीका कारण गाउँ खाली छ । सञ्चार तथा सडक सञ्जालमा क्षति पुग्दा गाउँ सम्पर्कबाट बाहिर छ ।

बेपत्ताका आफन्तसहित हाल्देका स्थानीयहरु सुरक्षित स्थानमा गएका छन् । समस्यामा रहेका बासिन्दाको सेवाका लागि स्थानीय तहले आफूसँग भएको स्रोत साधानबाट केही पहल गरे पनि प्रदेश तथा संघ सरकारको उपस्थिति भने शून्य प्रायः छ ।

गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आफूहरुको स्रोतले भ्याउने र सम्भव भएसम्मको पहल गरेको तर अब प्रदेश तथा संघ सरकारकै भर रहेको बताएका छन् ।

वडा नम्बर १ का अध्यक्ष मिङमार लामाले हेलिकप्टर मार्फत राहत सामग्री ल्याउने प्रयास भइरहेको जानकारी दिएका छन् । हाल्दे गाउँदमा टेन्टसहित राहत सामग्री लैजानका लागि पहल गरिरहेका छन् ।

हाल्दे गाउँबाट बाढीमा बेपत्ता हुनेमा २१ वर्षका सुनिल तामाङ, २८ वर्षका पूर्ण तामाङ, ५५ वर्षका कामी तामाङ, ८० वर्षका नरकी तामाङ र ९० वर्षका तस्बिर तामाङ रहेका छन् ।

यो पनि पढ्नुहोस्

मेलम्ची बाढीको वितण्डाः छोरो बेपत्ता, परिवारको मन्दिरमा बास (भिडिओ सहित)

मेलम्ची बाढीको वितण्डाः छोरो बेपत्ता, परिवारको मन्दिरमा बास (भिडिओ सहित)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?