लक्षित वर्गका चार सय जनालाई बाख्रा वितरण

लक्षित वर्गका चार सय जनालाई बाख्रा वितरण
+
-

सिमकोट – कार्यक्रमका लागि छनोट भएका लक्षित वर्गका लागि बाख्रा वितरण गरिएको छ।

एक गाउँपालिका एक उत्पादन कार्यक्रमअन्तर्गत चार सय ४० घरधुरीका लक्षित वर्गका लागि बाख्रा वितरण गरिएका हुन्।

सर्केगार्ड गाउँपालिका–६ बराई गाउँका लक्षित वर्गका सदस्य टेक रोकायाले वडाका ७० घरधुरीले २१० वटा बाख्रा पाएको बताए।

स्थानीय जातका बाख्रा सेवाग्राहीको खरिद उपभोक्ता समितिले खरिद गरेर ल्याई वितरण गरिएको हो। बाख्रापालन व्यवसाय न्यून हुँदै गएका बेला सरकारी अनुदान र लक्षित वर्गको लागत साझेदारीमा बाख्रापालन व्यवसाय विस्तार गर्न लागेको उनले बताए।

लक्षित वर्गका सदस्यहरूले व्यावसायिक बाख्रापालन सुरु गर्ने जनाएका छन्। प्रदेश सरकारको आर्थिक सहयोगमा एक गाउँपालिका एक उत्पादन कार्यक्रमअन्तर्गत बाख्रा पालन व्यवसाय जिल्ला ६ वटा गाउँपालिकामा सुरु भएको भेटेरेनरी अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढथापाले जानकारी दिए।

यसका लागि प्रति गाउँपालिका ७० घरधुरीका दरले ४२० घरधुरीलाई एक हजार २६० बाख्रा र ३० वटा उन्नत बोका वितरण गरिएको होे।

तीन वर्ष कार्यक्रमअन्तर्गत छनोट भएका वडाका सबै घरधुरीलाई समेटेर बाख्रापालन व्यवसाय विस्तार हुनेछ।
यसका लागि सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका लक्षित वर्गका सदस्यहरूलाई बाख्रा वितरण गरिएको होे।

यसमा प्रति गाउँपालिका कार्यालयबाट २० लाख र लक्षित वर्गले आठ लाख गरी २८ लाखमा बाख्रा खरिद गरी वितरण गरिएको हो।

यो कार्यक्रम कार्यान्वयनपछि बाख्रापालन व्यवसायलाई जिल्लामा विस्तार हुने कार्यालयले विश्वास लिएको छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष