
बुटवल–लुम्बिनी प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन्। जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट सरकारमा सहभागी भएकी सांसद सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएकी हुन्।
जसपाको एक पक्ष सरकारमा सहभागी हुँदा उनीसहित ४ जना सांसद मन्त्री भएका थिए। जसपाको सरकारलाई सर्मथन नरहेकाले प्रदेश सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको उनले बुझाएको राजीनामा पत्रमा उल्लेख छ।
उनीसहित ४ जना सरकारमा सहभागी भएपछि जसपा केन्द्रीय समितिको बहुमतले उनीहरुलाई सांसदबाट हटाएको थियो। उनीहरुले सांसद थमौतीको माग गर्दै सर्वोच्चमा दिएको मुद्दा विचाराधीन छ।