देवयानी राणा कोकाकोला इन्डियाकी उपाध्यक्षमा नियुक्त

देवयानी राणा कोकाकोला इन्डियाकी उपाध्यक्षमा नियुक्त
+
-

काठमाडौँ – देवयानी राज्यलक्ष्मी राणालाई कोकाकोला इन्डियाले कम्पनीको उपाध्यक्षका रुपमा नियुक्त गरेको छ।

कम्पनीले उनलाई कोकाकोलाको भारत तथा दक्षिणपश्चिम एसिया हेर्ने गरी पब्लिक अफेयर्स, कम्युनिकेसन तथा सस्टेनाबिलिटीतर्फ भाइस प्रेसिडेन्ट नियुक्त गरेको हो।

राणाले सरकारी तथा गैरसरकारी क्षेत्र तथा कर्पोरेट क्षेत्र, रणनीतिक योजना तर्जुमा, व्यवसायिक वकालत, जोखिम व्यवस्थापन संचार, सामाजिक उत्तरदायित्व बहन तथा दिगोपनबारे विगत २५ वर्षदेखि काम गरिरहेकी छन्।

उनले विभिन्न क्षेत्रबाट बटुलेको लामो अनुभवले आफ्ना लागि फाइदा हुने कम्पनीले जनाएको छ।

राणाले लण्डन स्कूल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्समा उच्च अध्ययन गरेकी हुन् भने त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र ब्याचलर डिग्री भारतको लेडी श्री राम क्याम्पसबाट पूरा गरेकी हुन्।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’