
सिमकोट– जिल्ला अस्पतालबाट कोरोना संक्रमितलाई कोरोनाविरुद्धका किट वितरण गरिएको छ।
सिमकोटस्थित रानीवनको आइसोलेसनमा कोरोना संक्रमण भएर बसिरहेका १७ जना संक्रमितलाई किट वितरण गरिएको जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहराले बताइन्।
आइसोलेसनमा रहेका सबै संक्रमितलाई उक्त सामग्री वितरण गरिएको हो। संक्रमितलाई चाँडो कोरोनाविरुद्ध जित्न र सरसफाइका सामग्री सहयोग गरिएको हो। संक्रमितलाई सहयोग गरिएका सामग्रीमा ५० वटा मास्क, सेनिटाइजर, लुगा धुने साबुन, कोयो, हात धुने साबुन, थर्ममिटर, पीयूष, वाटरगार्डलगायत किट वितरण गरिएको हो।
संक्रमितले सामग्री उपलब्ध भएपछि सरसफाइ गर्न र कोरोनाविरुद्ध प्रयोग गर्न आइसोलेसनमा सहयोग गरेको बताएका छन्। उक्त सामग्री युनिसेफ नेपालको आर्थिक सहयोगमा वितरण गरिएको हो। संक्रमितले खाना पनि निःशुल्क खाइरहेका छन्।