मन्दिरा श्रेष्ठः जो परोपकारमै समर्पित छिन्

मन्दिरा श्रेष्ठः जो परोपकारमै समर्पित छिन्
+
-

काठमाडौँ– सानैदेखि अरुको उपकार गर्न रुचाउने १९ वर्षीया मन्दिरा श्रेष्ठ सामाजिक कार्यलाई निरन्तरता दिन स्कुलको एक बाल क्लबमा आबद्ध भइन्। उनी कक्षा ६ मा पढ्थिन्।

मन्दिरा निकै सक्रिय विद्यार्थी थिइन्। उनी हरेक सामाजिक क्रियाकलापमा भाग लिन्थिन्। यसै सिलसिलामा १० वर्षको छँदा उनी पहिलो पटक बालअधिकार क्षेत्रमा संलग्न भइन्। त्यहाँबाट मन्दिराको स्वास्थ्य सक्रियताको यात्रा सुरु भयो ।

स्वास्थ्य क्षेत्रसँगै नर्सिङ कोर्सको पहुँच एवं विकास गर्न नेपाल अनलाइन स्कुलसँग काम गरिरहेकी छन्। उनले सम्बन्धित संगठनको सहयोगमा राष्ट्रिय बाल प्रतिनिधि र राष्ट्रिय किशोर प्रतिनिधिको रूपमा सबैको समान अधिकारको लक्ष्यका लागि वकालत गरिरहेकी छन्।

यसबाहेक, उनी त्रि–पद्मा बाल क्लबको सहयोगी, एक समुदाय स्वयंसेवक र एक ‘एसआरएचआर’ ट्रेनर पनि हुन्।

कोभिड महामारीका क्रममा विभिन्न मिडियामार्फत कोभिड १९ बारे जागरुकता बढाउँदै बालबालिका र किशोर÷किशोरीको मानसिक स्वास्थ्यका लागि काम गरिरहेकी छन्।

उनले यसअघि ‘वुमन फर वुमन फाउन्डेसन’, नेदरल्यान्ड्स,’ ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा ट्रस्ट (आरएचईएसटी) का सह–प्रशिक्षकका रूपमा पनि काम गरेकी थिइन्।

यति मात्र होइन, मन्दिरा युवा स्वास्थ्य कार्यकर्ता एवं अभियन्ता र वाईवाई ग्लोबल टिन हिरो २०२० का राष्ट्रिय पुरस्कार प्राप्तकर्ता पनि हुन् ।
उनले ‘युपीआरमा बाल नेतृत्वको रिपोर्ट, २०२०’ को टिम लिडरका रूपमा काम गरेकी छन्।

उनी एकीकृत राष्ट्रिय किशोर–किशोरी फोरमको सदस्यका रूपमा पनि सक्रिय छिन्। राष्ट्रिय किशोर–किशोरी फोरमले उचित अवसरबाट वञ्चित छोरीहरूको अवस्था सुधार गर्न काम गर्छ ।

त्यस्तै, शिक्षामा महिलाको पहुँचका लागि काम गर्दै उनी ‘ट्री पद्मा चाइल्ड क्लब’ मा सामाजिक स्वयंसेवकका रूपमा काम गरिरहेकी छन्।

उनी नेपालका सम्पूर्ण किशोरकिशोरीका लागि प्रेरणाको स्रोत बनेकी छन्। सानै उमेरमा पनि आफ्नो परिवार, समाज तथा राष्ट्रप्रति योगदान दिएर आफ्नो छुट्टै पहिचान बनाउन सफल मन्दिरा सकारात्मक सोचकी प्रतिमूर्ति हुन्।

हालसालै, मन्दिरा र क्यूआरसीका टोलीले सिन्धुपाल्चोक जिल्लाको तालामराङ, मेलम्ची र हेलाम्बु क्षेत्रमा बाढीपीडितको उद्धार अभियान सुरु गरेका छन्।

स्वास्थ्य शिविरको माध्यमबाट उनी पीडित र असुरक्षितलाई सिन्धुपाल्चोक प्रकोप साइटमा सहयोग गर्दै छिन् । उनी यौन स्वास्थ्य र प्रजनन, लैंगिक समानता र यौन अल्पसंख्यकको पक्षमा वकालत गर्छिन्।

आफ्नो ज्ञान र क्षमताको लाभ उठाउने आशा राख्छिन् र विश्वलाई राम्रो स्थान बनाउन आफूले योगदान दिन पछि नहट्ने उनको सोच छ। आफ्नो शिक्षा पूरा गरेपछि स्वास्थ्य क्षेत्रमा एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका लागि काम गर्ने सोच रहेको उनी बताउँछिन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?