अन्टार्कटिकामा भेटियो नयाँ प्रजातिको झ्याउ

अन्टार्कटिकामा भेटियो नयाँ प्रजातिको झ्याउ
+
-

भारतका वैज्ञानिकहरुले अन्टार्कटिकामा वनस्पतिको नयाँ प्रजाति फेला पारेका छन्। पोलार बायोलोजिस्टहरुले सन् २०१७ को जनवरीमा गरेको अन्टार्कटिकाको भ्रमणको क्रममा फरक प्रकारको झ्याउ फेला परेका थिए।

वैज्ञानिकहरुलाई सो झ्याउको पहिचान गर्नका लागि पाँच वर्ष लामो परिश्रम गर्नु परेको हो। उनीहरुले सन् २०१७ यता लगातार सो झ्याउका बारेमा अध्ययन गरे र नयाँ प्रजाति रहेको पुष्टि गरेका हुन्।

यस सम्बन्धी अध्ययन प्रतिवेदन प्रतिष्ठित जर्नल अफ एसिया–प्यासिफिक बायोडाइभर्सिटीमा प्रकाशित भएको छ।

पञ्जाब केन्द्रीय विश्वविद्यालयका बायोलोजिस्टहरुले नयाँ पत्ता लागेको झ्याउको नाम ब्रयुम भारतिएन्सिस राखेका छन्। भारती हिन्दूहरुकी शिक्षाकी देवी हुन् भने अन्टार्कटिकामा रहेको भारतको अनुसन्धान केन्द्रको नाम पनि भारती हो।

६ महिना लामो अनुसन्धानात्मक अन्टार्कटिका भ्रमणका सदस्य समेत रहेका प्रा, फेलिक्स बास्टले गाढा हरियो रंगको झ्याउ फेला परेका हुन्। सन् २०१७ को जनवरीमा अन्टार्कटिका लार्सेमान हिल्समा सो झ्याउ भेटिएको हो।

वनस्पतिहरुलाई बाँच्नका लागि नाइट्रोजनसहित पोटासियम, फसफोरस, सूर्यको किरण र पानी चाहिन्छ। अन्टार्टिकाको मात्रै एक प्रतिशत क्षेत्र मात्र हिउँले नढाकेको छ। पेन्गुइनले ठूलो प्रजनन् गर्ने क्षेत्रमा सो झ्याउ भेटिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?