तामाकोशी आएसँगै के घट्ला बिजुलीको महशुल?

तामाकोशी आएसँगै के घट्ला बिजुलीको महशुल?
+
-

काठमाडौँ– माथिल्लो तामाकोशी आयोजना सञ्चालनमा आएसँगै धेरैले बिजुलीको महशुल सस्तो हुने अपेक्षा गरेका छन्। नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले पनि माथिल्लो तामाकोशी आयोजनाको बिजुली अन्य आयोजनाको भन्दा सस्तो हुने बताएका थिए।

विद्युत नियमन आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले विद्युतको महशुल घट्नेभन्दा पनि मूल्य पुनरावलोकन हुन सक्ने बताए। तर माथिल्लो तामाकोशी जलविद्युत आयोजना सञ्चालनमा आउनासाथ महशुल सस्तो हुन्छ भन्न सकिने अवस्था नरहेको उनको भनाइ  छ।

‘माथिल्लो तामाकोशी सञ्चालनमा आएपछि उर्जा उपलब्धता बढ्ने भयो। भारतमा तिर्नुपर्ने शुल्क घट्ने भयो। त्यो घट्दा उर्जामा प्राधिकरणको खर्च घट्ने भयो,’ नियमन आयोगका प्रवक्ता डा. धितालले भने, ‘त्यो घटेको खर्च उपभोक्तामा जाने हो। यसो हुनाले सामान्य हिसाब देखिन्छ। तर हामीले वैज्ञानिक आधार तयार गरेर मात्र मूल्यको निर्णय हुन्छ।’

उनका अनुसार महशुल सस्तो हुनमा समय लाग्छ। महशुल निर्धारण गर्न विस्तृत अध्ययन गर्नुपर्ने उनले बताए।

‘प्राधिकरणले खरिदको गरेको एउटा मूल्य छ। हामीले लागत र खर्चका आधारमा हेर्ने हो। त्यो लागत तामाकोशीको मात्र नभएर समग्र उर्जा क्षेत्रको प्राधिकरणले पिपिएबाट तिर्छ,’ धितालले भने, ‘प्राधिकरणको आफ्नो सञ्चालन खर्च कति हुन्छ? प्राधिकरणका शेयरधनीले कति मुनाफा लिन्छन्? प्राधिकरणले सबै डिटेलमा अध्ययन गरेर हामीलाई प्रतिवेदन पेश गर्छ। त्यसपछि अध्ययन सुरु हुन्छ। हामीले महशुलको अर्को निर्देशिका फाइनल गछौँ। त्यसका आधारमा प्राधिकरणले आफ्नो प्रस्ताव यो हो भनेर पठाउँछ। त्यसका आधारमा हामीले अध्ययन गरेर वैज्ञानिक आधारमा महशुल निर्धारण गर्ने निर्णय गछौँ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले २१ गते सोमबार तामाकोशी आयोजनाको भचुर्अल माध्यमबाट उद्घाटन गर्दै भनेका थिए, ‘हामीले निर्यात सस्तोमा गर्ने र आफ्ना उपभोक्तालाई महँगोमा बिक्री गर्ने परिपाटी सच्याउन जरुरी छ।’

प्राधिकरणसँग भएको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) अनुसार विद्युतको दर औसतमा ४.०६ रुपैयाँ रहेको छ। त्यसमा हिउँदे यामका चार महिना प्रतियुनिट ६.९६ रुपैयाँ र अन्य ८ महिनाका लागि प्रतियुनिट ३.६३ रुपैयाँ कायम गरिएको छ।

आर्थिक वर्ष २०६७/०६८ मा औषत दर प्रतियुनिट रु ३.५०, व्यापारिक उत्पादन भएको वर्ष औषद रु ४.०६ प्रतियुनिटमा विद्युत प्राधिकरणले सो आयोजनाबाट उत्पादित विद्युत खरिद गर्ने गरी २०६७/०९/१४ मा विद्युत खरित सम्झौता (पीपीए) भएकाले यो खरिद दर विद्युत प्राधिकरणको लागि अहिलेसम्मकै सस्तो दर हो।

सबैभन्दा सुख्खायाममा पनि दैनिक ४ घण्टासम्म पूर्ण क्षमता (४५६) मै विद्युत उत्पादन गर्न सक्ने (पीआरओआर टाइप)को अर्ध जलाशयुक्त आयोजना भएकाले यसबाट विद्युत प्राधिकरण लगायत देशकै अर्थ व्यवस्थाको समृद्धिमा उल्लेखनीय योगदान पुग्ने प्रष्ट रहेको प्राधिकरणले जनाएको छ।

यस्तै नेपाल विद्युत प्राधिकरणको भार प्रेषण केन्द्रको तथ्यांक हेर्दा वर्षाको समयमा रातिमात्रै झण्डै ९०० मेगावाट बराबरको बिजुली खेर जाने अवस्था रहेको छ। आन्तरिक खपतको कार्ययोजना बन्न नसक्दा ठूलो परिमाणमा बिजुली खेर जाने अवस्था आएको केन्द्रले जनाएको छ।

हालै तामाकोशी जलविद्युत आयोजना सञ्चालनमा आएको छ। आयोजनको पहिलो युनिटको परीक्षण उत्पादन भइरहेको छ भने अन्य युनिटहरु पनि विस्तारै सञ्चालनमा आउने आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले जानकारी दिए।

आयोजनाको पहिलो परीक्षण सुरुपछि राष्ट्रिय प्रणालीमा कूल जडित क्षमता करिब १६१० मेगावाट पुगेको छ। तामाकोशी जलविद्युत आयोजनाको ६ युनिट छन्। यी ६ वटै युनिट सञ्चालनमा आउँदा कूल ग्राहस्थ उत्पादनमा एक प्रतिशत बराबरको योगदान गर्ने अर्थमन्त्री विष्णु पौडेलको भनाइ थियो।

यसगरी तामाकोशी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली ४७ कि.मि लामो २२० के.भी.डबल सर्किट प्रसारण लाइन हुँदै रामेछाप, मन्थली नगरपालिका, वडा नम्बर १३ स्थित साँखेमा नवनिर्मित २२०/१३२ के.भी न्यू खिम्ती सव–स्टेसन तथा सो सव–स्टेशनबाट नेपाल विद्युत प्राधिकरणको ढल्लेवस्थित ४००/२२० के.भी. सव–स्टेशनमा पुर्‍याई त्यहाँबाट राष्ट्रिय प्रसारण ग्रीड प्रणाली (आइएनपीएस) मा आबद्ध छ।

नेपाली पुँजी लगानी रहेको यस आयोजनामा नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकम ६ प्रतिशत, नागरिक लगानी कोष २ प्रतिशत, राष्ट्रिय बीमा संस्थान २ प्रतिशत, सर्वसाधारण १५ प्रतिशत, दोलखा जिल्ला बासी १० प्रतिशत, कर्मचारी संचय कोषका संचयकर्ता/कम्पनी/विद्युत प्राधिकरण र कर्जा प्रवाह संस्थाका कर्मचारीहरुको कुल २४ प्रतिशत शेयर संरचना रहेको छ भने ऋण लगानीतर्फ कर्मचारी संचय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय संस्था तथा अपुग सरकारबाट वित्तीय व्यवस्थापन गरिएको हो।

तामाकोशी जलविद्युत आयोजनाको जडित क्षमता ४५६ मेगावाट रहेको छ भने औषत वार्षिक उर्जा २ अर्ब २८ करोड युनिट रहेको छ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीले गरे महत्त्वाकांक्षी माथिल्लो तामाकोशी आयोजनाको उद्घाटन

प्रधानमन्त्रीले गरे महत्त्वाकांक्षी माथिल्लो तामाकोशी आयोजनाको उद्घाटन

चीनमा पहिरोले थुनिएको नदीको प्रवाह सीमित रुपमा सुचारु, तामाकोशीमा तत्काललाई गम्भीर जोखिम टर्‍यो

चीनमा पहिरोले थुनिएको नदीको प्रवाह सीमित रुपमा सुचारु, तामाकोशीमा तत्काललाई गम्भीर जोखिम टर्‍यो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?