सामाजिक सुरक्षा भत्ता अब बैंक खातामा

सामाजिक सुरक्षा भत्ता अब बैंक खातामा
+
-

सिमकोट – सिमकोट गाउँपालिकाले पहिलो पटक सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीको भत्ता बैंक खातामा जम्मा गरेको छ।
उक्त भत्ता बैंक खातामा जम्मा गर्नुपर्ने प्रावधानअनुसार गाउँपालिकाभरिका सबै सेवाग्राहीले बैंक खाता खोलेपछि बैंक खातामा जम्मा गरिएको हो।

सिमकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अघिकृत उजिर रोकायाका अनुसार ९८ प्रतिशत सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीको बैंक खाता खोलेर रकम जम्मा गरिएको छ।

उनले बाँकी २ प्रतिशत सेवाग्राही पनि जिल्लाबाहिर भएका कारण खाता खोल्न नसकिएपछि विकल्प बनाउने जानकारी दिए।

पहिले निकासा नआएको र सेवाग्राहीले बैंक खाता खोल्न ढिलो गरेका कारण वार्षिक रूपमा उक्त भत्ता बैंक खातामा पठाएको गाउँपालिकाले जनाएको छ।

सेवाग्राही सबैले सांग्रिला विकास बैंकमा खाता सञ्चालन गरेको र गाउँपालिकाबाट भत्ता सीधै उक्त खातामा जम्मा भइसकेको छ।
गाउँपालिकाका एमआइस अप्रेटर नरबहादुर जेठाराले बैंक खाता खोल्दा ३६८ जना सेवाग्राहीको संख्या घटेको बताए।

यो कार्यबाट दोहोरिएका व्यक्ति घटेको कारण राज्यलाई समेत आर्थिक फाइदा र हिनामिना हुनबाट रकम बचेको छ।

दुई हजार सात सय सेवाग्राहीले बैंकमा खाता खोलेका थिए भने ६ सय ३२ जनाको कर्मचारी गाउँगाउँमा गएर खाता खोल्ने कार्यमा सहजीकरण गरेर खोलिएको थियो।

सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिकले मासिक तीन हजार, पूर्ण अपांगताले तीन हजार, साठीदेखि ६९ वर्षका ज्येष्ठ नागरिक र एकल महिलाले एक हजार ६ सय र बालबालिकाले चार रुपैयाँ पाउँदै आएका छन्।

गाउँपालिकाबाट वार्षिक पाँच करोड २२ लाख ४६ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ताका लागि बैंकमा गएको गाउँपालिकाले जनाएको छ।

यसमा खार्पुनाथ गाउँपालिकाले आंशिक रूपमा बैंक खातामा भत्ता जम्मा गरेको छ भने नाम्खा गाउँपालिकाले हातैमा बुझाएको छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष