फाइजर र मोदेर्नाको खोपको दुर्लभ साइड इफेक्ट, मुटु सुन्निने

फाइजर र मोदेर्नाको खोपको दुर्लभ साइड इफेक्ट, मुटु सुन्निने
+
-

फाइजर र मोदेर्नाको कोरोना भाइरसविरुद्धको खोपका कारण मुटु सुन्निने समस्या उत्पन्न हुन सक्ने देखिएको छ । तर यो साइड इफेक्ट निकै दुर्लभ रहेको युरोपेली नियामक निकायले बताएका छन् ।

युरोपियन मेडिसिन एजेन्सीका अनुसार फाइजर र मोदेर्नाको खोप लगाएका विशेष गरि युवाहरुमा मुटु सुन्निने साइड इफेक्ट देखिएको तर यो निकै दुर्लभ हो ।

तर कोभिड–१९ को खोपको फाइदा दुर्लभ साइड इफेक्टको तुलनामा निकै धेरै रहेको पनि एजेन्सीले जनाएको छ ।

खोप लगाएकाहरुलाई आफूमा मुटु सुन्निने सम्बन्धी साइड इफेक्टको लक्षणलाई लिएर चनाखो बन्न आग्रह गरिएको छ । छाती दुख्ने, स्वासको कमी महसुस हुने तथा मुटुको चाल असामान्य हुनेसहितका लक्षण देखिने बताइएको छ ।

मुटुको मसल सुन्निने (मायोकार्डाइटिस) र पेरिकार्डाइटिस गरि दुई समस्या खोपसँग जोडिएको इएमएले जनाएको छ ।

फाइजर–बायोएनटेकको खोप लगाएका १४५ जनामा मायोकार्डाइटिस र १३८ जनामा पेरिकार्डाइटिस समस्या देखिएको छ । अहिलेसम्म यो खोपको १७७ मिलियन मात्रा दिइएको छ ।

यस्तै मोदेर्नाको खोप लगाएका १९ जनामा मायोकार्डाइटिस र १९ जनामा पेरिकार्डाइटिस समस्या देखिएको छ । यो खोपको २० मिलियन मात्रा दिइएको छ ।

यी समस्या देखिएका मध्ये पाँचजनाको ज्यान गएको छ । उनीहरु पाको उमेरका वा अरु स्वास्थ्य समस्या भएका व्यक्ति हुन् ।

अधिकांश समस्याहरु खोप लगाएको १४ दिन भित्र देखिने गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?