व्यङ्ग्य गजल

हाँडी तिर आँखा

हाँडी तिर आँखा
+
-

कस्ले हेर्‍यो मुख मिठ्याइ गाडी तिर आँखा
जानु पर्ला दोहोर्‍याइ हेर झाडी तिर आँखा।।

आफ्ना भन्ने लाखा पाखा साथ भर उनको
आरिसेले तरे उनी बस्ने राडी तिर आँखा।।

स्वाद बस्यो मापसेको जिब्रो चिलाइ हैरन
घाम डुब्नु भन्दा पहिले ताडी तिर आँखा।।

रोजगार कागतमा बिना ठेगान खलबल
काम खोज्न लाठेहरुको खाडी तिर आँखा।।

बेला छउन्जेल सधैँ जसो छेपाराको उखान
बेला घर्किए पछि हेर्छन् नाडी तिर आँखा।।

मौका पर्‍यो भनि बाँड्ने हात्ती मुखमा जिरा
छाप हान्छन् भन्ने आशले बाढी तिर आँखा।।

कोही देख्छन् झापा मात्रै कोही डँडेलधुरा
कोही हेर्छन् फेरि आउन माडी तिर आँखा।।

चुनाउ जुरे लाग्छ खर्च छाप किन्न ढ्वाङमा
कस्ले दिन्छन् चन्दा भन्दै ढाडी तिर आँखा।।

मान खाने भोक जाग्दा मुद्दा पर्‍यो ‘विष्णु’
पोल्टामा घान कस्को पर्छ हाँडी तिर आँखा।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?