सीमा स्तम्भ अनुगमनका लागि लाप्चातर्फ लाग्यो कर्णालीका मुख्यमन्त्री र कांग्रेस नेता शाहीको टोली

सीमा स्तम्भ अनुगमनका लागि लाप्चातर्फ लाग्यो कर्णालीका मुख्यमन्त्री र कांग्रेस नेता शाहीको टोली
+
-

सिमकोट– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र नेपाली कांग्रेसका नेता जीवन बहादुर शाहीको टोली नेपाल र चीनको सीमा क्षेत्र लाप्चातर्फ लागेको छ। मुख्यमन्त्रीको टोली सीमा स्तम्भको अनुगमनका लागि हेलिकोप्टरमा सीमा क्षेत्रतर्फ लागेको हो।

शनिबार मौसममा सुधार आएपछि मुख्यमन्त्री शाहीको टोली सीमा स्तम्भहरुको अनुगमनका लागि लाप्चातर्फ लागेको सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले जानकारी दिए।

लाप्चामा रहेको १२ नम्बर सीमा स्तम्भको टोलीले अनुगमन गर्ने र त्यतैबाट मौसमले साथ लिए नेपाली भुमिबाट मानसरोवर कैलाशको दर्शन पनि गर्नेछ।

त्यसैगरि टोलीले लाप्चाबाट हिल्साको पनि यात्रा गर्ने भएको छ। सो क्षेत्रमा रहेको सीमा स्तम्भहरुको पनि अवलोकन गर्ने जनाइएको छ।

कांंग्रेस नेता जीवन बहादुर शाहीले गत असोसमा सो सीमानाको स्थलगत रुपमा अनुगमन गर्दा नेपाली भुमिमा चीनले एकतर्फी रुपमा भौतिक संरचना निर्माण गरेको निष्कर्ष निकालेका थिए। चीनले भने आफ्नो भूमिमा भौतिक संरचना बनाएको दावी गरेको थियो।

त्यसका बारेमा मुख्यमन्त्री शाहीलाई स्थलगत रुपमा अवगत गराउने लक्ष्य नेता शाहीको रहेको छ। टोलीमा मुख्यमन्त्री शाही र कांग्रेस नेता शाहीका साथै कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री विमला केसी र हुम्ला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईको सहभागिता रहेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष