मालपोत कार्यालयको सेवा अब डिजिटल प्रविधिबाट

मालपोत कार्यालयको सेवा अब डिजिटल प्रविधिबाट
+
-

सिमकोट – जिल्ला मालपोत कार्यालयले डिजिटल प्रविधिबाट सेवा प्रवाह गर्न थालेको छ। पेपरलेस कार्यालय बनाउने लक्ष्यसाथ सेवा प्रविधिबाट काम गर्न विस्तार गरिएपछि सेवाग्राहीलाई अनलाइनबाटै सेवा दिन थालिएको हो।

जिल्ला मालपोत कार्यालय हुम्लामा जग्गा रजिस्ट्रेसनको काम गर्न आएकी वसन्ती शाहीले पहिलेजस्तो कागजी लेखापढी नभएर कम्प्युटरबाट गर्न पाएको बताइन्। उनले काम पनि छिटो र सेवाग्राहीले ढिलोसम्म कुर्नु नपर्ने सुविधा यो प्रविधिबाट काम गर्दा फाइदा भएको जानकारी दिइन्।

पहिलो पटक अनलाइनबाट कार्यालयका सेवा प्रवाह गर्न पाएको बताउँदै कार्यालय प्रमुख रवीन्द्र शाहीले यसबाट कार्यालय र सेवाग्राहीलाई सहज भएको बताए। अनलाइन सेवा सुरु भएपछि सबै काम कम्प्युटरबाटै हुन थालेपछि कार्यालय पेपरलेस अवस्थामा पुग्न लागेको छ।

सेवा छिटो–छरितो र पारदर्शी हुन थालेपछि कर्मचारीमाथि लाग्ने आरोपबाट पनि मुक्ति मिलेको कर्मचारीले बताएका छन्। अनलाइनबाट पहिलो सेवाग्राहीलाई सेवा प्रदान गर्दै उनले इन्टरनेट र विद्युत्को समस्या नआए काम गर्न कुनै कठिनाइ नहुने बताए।

भूआयोजना अभिलेख प्रणालीबाट काम गर्न पाएपछि पुराना लिखत खोज्नुपर्ने झन्झटबाट पनि मुक्ति मिलेको कर्मचारीको भनाइ छ। कार्यालयमा कर्मचारी अभाव भएको र त्यसको समाधानका लागि दक्ष कर्मचारी आवश्यक परेको उनले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष