सम्मानसहित स्वास्थ्य स्वयं सेविकाकाे बिदाई

सम्मानसहित स्वास्थ्य स्वयं सेविकाकाे बिदाई
+
-

सिमकोट – हुम्लाकाे दक्षिणी क्षेत्रमा रहेको ताजाँकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयं सेवीकालाई प्रोत्साहन दिएर बिदाई गरेको छ। ६० वर्ष पूरा भएका र एसईई अनुत्तिर्ण भएर पनि काम गर्दै आएका सबै स्वास्थ्य स्वयं सेविकालाई बिदाई गरिएको हो।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकालले लामो समयेखि गाउँगाउँमा महिला स्वास्थ्य स्वयं सेविकाको रुपमा काम गर्दै आएका २० जना महिलालाई गाउँपालिकाले प्रोत्साहन स्वरुप दश हजार रुपैयाँसहित सम्मानजनक बिदाई गरेकाे बताए।

स्वास्थ्य स्वयं सेविका राख्ने नयाँ प्रावधानमा एसईई वा सो सरह हुनु पर्ने र ६० वर्ष उमेर कटेकालाई राख्न नमिल्ने भए अनुसार उनीहरु सबैलाई बिदाई गरिएको हो।

कार्यक्रममा उनीहरुलाई दोसल्लाह ओढाएर सम्मान पनि गरिएकाे थियाे। वडा नम्बर १, २ र ३ का ११ जना र वडा नम्बर ४ र ५ का नौ जनालाई बिदाई गरिएकाे हाे।

स्वास्थ्य शाखाले पुराना स्वयं सेविकालाई बिदा गरेलगत्तै अबको केही दिनमा नयाँ नियक्त गर्ने जनाइकाे छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष