
सिमकोट– हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा तेस्रो दिनपछि सुचारु भएको छ। बुधबार बिहानैबाट मौसममा सुधार आउँदा अवरुद्ध हवाई सेवा सुचारु भएको हो।
नागरिक उड्डायन प्राधिकरण सिमकोट शाखाका निमित्त प्रवन्धक नवराज कटुवालले अवरुद्ध रहेको तेस्रो दिनमा हवाई सेवा सुचारु रहेको जानकारी दिए।
हवाई सेवा सुचारु भएपछि जिल्लामा भित्रिने र जिल्ला बाहिर जाने यात्रु आफ्ना गन्तव्य जान पाएका छन्। त्योसँगै खाद्यान्न, विकास निर्माणका सामाग्री र कार्गोको सामान पनि ढुवानी हुन पाएका छन्।
हवाई सेवा सुचारु नहुँदा तरकारी तथा मासुको पनि समस्या टरेको छ। सेवा सुचारुले विकासे काममा समेत सुचारु हुन पाउनेछन्।
सिमकोटमा तारा, सीता र समिट एयरका जहाजहरुले दैनिक १५ भन्दा बढी उडान भर्दै आएकोमा बुधबार दिउँसोबाट हावा लाग्न सुरु हुँदा सात वटा मात्र उडान भएको विमानस्थलले जनाएको छ।