
सिमकोट– कर्णाली प्रदेश सरकारले साउन १ गते शुक्रबार प्रदेशभरका सबै जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ।
कर्णाली प्रदेशका १० वटै जिल्लामा साउन १ गते सार्वजनिक विदा हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयलय जनाएको छ।
मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले साउन १ गते साउने संक्रान्ति र देउडा पर्वको अवसर पारेर प्रदेशभर सार्वजनिक विदा हुने बताए।
कर्णाली प्रदेश सरकारको गत वैशाख १७ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशभर विदा दिने निर्णय गरेको थियो।