ट्राफिक कारबाहीमा परेर डकुमेन्ट लिन कहाँ जाने भन्ने अलमलमा हुनुहुन्छ?

ट्राफिक कारबाहीमा परेर डकुमेन्ट लिन कहाँ जाने भन्ने अलमलमा हुनुहुन्छ?
+
-

काठमाडौँ – ट्राफिक कारबाहीमा परेर डकुमेन्ट लिन कहाँ जाने अलमलमा हुनुहुन्छ ? यदी त्यसो हो भने अब तपाईँले म्यासेज गरेर जानकारी पाउन सक्नु हुने छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको ट्राफिक भायोलेसन रेकर्ड सिस्टम-टिभिआरएसमार्फत म्यासेज गरेर अब ट्राफिक कारबाहीमा परेर बुझाएको लाइसेन्स वा ब्लु बुक कुन कार्यालयमा छ भनेर जानकारी लिन सकिने महाशाखाले जनाएको छ। त्यसका लागि ३४००१ मा एसएमएस गर्नु पर्ने छ।

‘ट्राफिक कारबाहीमा परेपछि आफ्नो डकुमेन्ट कहाँ छ भनेर चालकहरु अलमलमा पर्ने गरेको र हैरानी भएको गुनासो आएपछि हामीले यस्तो व्यवस्था गरेका हौँ’, महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले भने।

मापसे र लेनमा करिब २० हजार कारबाहीमा 

महाशाखाका अनुसार चालु आर्थिक वर्षमा मात्र ३ लाख ५६ वटा ट्राफिक कारबाहीका घटना भएका छन्।

लेन अनुशासनमा १० हजार ८१ र मादक पदार्थ सेवनमा ९ हजार ७ सय २ वटा कारबाही भएका छन्।

यी दुई वटामा चालकले डकुमेन्ट लिन ट्राफिक कक्षासमेत लिनुपर्छ। गत मंसिरदेखि महाशाखाले त्यसका लागि अनलाइन कक्षा सञ्चालन गर्दै आएको छ।

मापसेमा कारबाही हुनेमध्ये ८ हजार ५ सय ७८ पुरुष र ९१ महिला छन्। मापसेमा गत आर्थिक वर्ष २५ हजारभन्दा बढी कारबाहीका घटना भएका थिए। त्यस वर्ष लेन अनुशासनमा पनि ३० हजारभन्दा बढि कारबाही भएको थियो।

चालु आर्थिक वर्षमा बढि भाडा लिएकोमा ५ हजार ८, फुटपाथ पार्क तथा सडक पार्कमा २६ हजार ६ सय ६९, सिट क्षमताभन्दा बढि यात्रु बोक्नेमा २ हजार २ सय ८४, ह्वील लक/चेन लकमा ४० हजार १ सय ३७ कारबाहीका घटना भएको महाशाखाले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?