हारको उत्सव

हारको उत्सव
+
-

बडो रोमाञ्चक हुँदो रहेछ
हारको विजय उत्सव
हारभित्र पनि जीतको भाव
अस्वीकृत हार
अथवा आत्मरति।

एउटा समूह
खल्तीमा मणि बोकेर
भौँतारिरहेका भिल्लाहरू
खल्ती भरिदिने मालिकको आदेशमा
एउटा परमादेश विरुद्ध
शंखनाद गर्दै
लामो लस्करमा
आँखामा हो कि निधारमा
पट्टी बाँधेकाहरू
भेरोसेल नामको
सञ्जीवनी बुट्टी भिरेर
अजम्मरी, उन्मत्त र
निःसन्देह अपराजित
दरबारबाट घरबारको सहयात्री बनेर
हारको उत्सव मनाउँदा छन्।

अंशमा ठगिएका भाइहरू
आफ्नै दाइलाई वनवास लखेटी
उत्सव मनाइरहेछन्
खै के ठानेका छन
हारलाई जित कि जितलाई हार!
मधु मस्त छन् मुतको न्यानोमै
जाडो कटाउने अभिलाषामा
हारको उत्सव मनाउँदै छन्।

यो त्यै सडक हो
जसले क्रान्ति, शान्ति, परिवर्तन
उत्सव, शोक, रोग सबैको साक्षी बनेर
चेतनाको आँखा चिम्लिरहन्छ
तर झसङ्ग बिउँझिन्छ कहिलेकाहीँ
यस्ता हारका उत्सवहरूको
साक्षी बन्न
आँखा च्यातेर टोलाइरहन्छ
निशब्द, आश्चर्यचकित मनोभावमा
केवल टोलाइरहन्छ।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’