स्थायी कमिटी बैठक

एमाले कार्यदल भंग, १० बुँदे सहमतिको प्रस्ताव अनुमोदन

एमाले कार्यदल भंग, १० बुँदे सहमतिको प्रस्ताव अनुमोदन
+
-

काठमाडौँ –माधवकुमार नेपाल पक्ष अनुपस्थित नेकपा एमाले स्थायी कमिटी बैठकले नेकपा एमालेमा विद्यामान समस्या समाधान सम्बन्धमा सुझाव दिन गठित कार्यदलले तयार गरी बैठकसमक्ष प्रस्तुत गरेको प्रस्तावलाई ग्रहण र अनुमोदन गर्ने निर्णय गरेको छ।

शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले कार्यदलको प्रस्तावलाई सिर्जनात्मक र रचनात्मक ढंगले कार्यान्वयन् गर्ने निर्णय पनि बैठकले गरेको छ। एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार कार्यदलले आफ्नो जिम्मेवारी पुरा गरेकोमा कार्यदलमा रहनु भएका सदस्यरुलाई धन्यवाद दिने र कार्यदल विघटन गर्ने निर्णय बैठक गरेको छ।

साथै बैठकले आलोकतान्त्रिक र अस्वस्थ गतिविधिबाट निर्मित सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ। बैठकले सक्रिय तथा रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने पनि निर्णय गरेको हो। पार्टीका प्रतिनिधिसभाका सबै सदस्यहरुलाई पालनाका लागि उक्त निर्देशनसमेत दिने निर्णय बैठकले गरेको छ।

बैठकले संसद ब्यूँताउने सर्वोच्चको फैसलाले संधिवानको आधारभुत प्रस्तावनालाई कमजोर पारेको निष्कर्ष निकालेको छ। ताजा जनादेशमा जाने निर्णय लाई ‘निरुङकुश’ भनेर आरोपित गर्ने र कानुनको अपव्याख्या र दलीय प्रणालीको आधारभुत संरचना भत्काएर सरकार बन्ने विषयलाई लोकतान्त्रिक भन्ने गलत परिभाषाले लोकतान्त्रिक प्रणालीलाई गलत दिशातर्फ धकल्ने बैठकको निष्कर्ष छ।

नियन्त्रण र सन्तुलनको सिद्धान्त बमोजिम राज्यका सबै अंगहरु आआफ्ना सीमाभित्र मर्यादित रहन सकेमा मात्रै लोकतान्त्रिक प्रणालीलाई सुरक्षित र गतिशिल बनाउन सकिने बैठकको निचोड छ। सर्वोच्चको यो फैसलासँगै राज्यका तीन वटा अंग नराम्रोसँग खल्बलिन पुगेको बैठकले ठहर गरेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?