लगातार बैंक बन्द हुँदा सेवाग्राही मर्कामा

लगातार बैंक बन्द हुँदा सेवाग्राही मर्कामा
+
-

सिमकोट– असार मसान्तका बेला लगातार तीन दिन बैंक बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन्। विभिन्न विकासे कार्यालयबाट भुक्तानीका लागि बैंकमा निकासा भएको रकम बैंक बन्द भएका कारण चेक साट्न नपाएपछि सेवाग्राही मर्कामा परेका हुन्।

एक लाख ५० हजारको चेक पनि साट्न नपाएका लोक भण्डारीले लगातार तीन दिन बैंक बन्द हुँदा मर्कामा परेको बताए।

राष्ट्रिय वाणिज्य बैंकले असार ३१ महिनाको अन्तिम दिन हिसाब मिलानका कारण कोरोबार नगर्नु, साउन १ गते देउडा पर्वको अवसरका कर्णाली प्रदेश सरकारद्वारा सार्वजनिक बिदा दिनु र साउन २ गते शनिबार परेका कारण सेवाग्राही मर्कामा परेका हुन्।

अर्का सेवाग्राही नाम्खा गाउँपालिकाका उर्गेन लामाले दुई साता अगाडि जिल्लामा आएको र बल्ल कार्यालयबाट पाएको भुक्तानी बैंक बन्द रहेको कारण पैसा निकाल्न नपाएको बताए।

अब हुम्लामा सेवाग्राहीले साउन ३ गते मात्र भुक्तानी लिन पाउनेछन्। यसअघि बैंकमा पैसाको अभाव हुँदा सेवाग्राही मर्कामा पर्दै आएका थिए।

लामाले बैंकमा पैसा पनि आएको तर बिदाको कारण दुई सयभन्दा बढी सेवाग्राही मर्कामा परेको बताए।

बिदाको कारण बन्द रहेका बैंक ३ गते मात्र खुल्ने जनाइएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष