मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग

मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग
+
-

बुटवल– लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा मागेको छ। विपक्षी गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी (उपेन्द्र यादवपक्ष) र राष्ट्रिय जनमोर्चाले पत्रकार सम्मेलन गरी नेकपा एमाले दलका नेता शंकर पोखरेल नेतृत्वको सरकार असंवैधानिक र अल्पमतमा रहेकाले राजीनामा दिन माग गरेको हो।

‘प्रदेश सरकार र सत्तापक्षका सांसदहरू प्रदेश सभाको बैठक बहिस्कार गरी हठात् मानसिकताबाट ग्रसित भई अधिवेशन अन्त्य गरी सोझै अध्यादेशबाट बजेट ल्याउने कार्य असंवैधानिक, अलोकतान्त्रिक स्वेच्छाचारी कदम हो,’ चार दलका नेताहरूले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘यस कदमको गठबन्धन दल घोर विरोध गर्दछ, यस परिघटनाले माननीय शंकर पोखरेल नेतृत्वको सरकार असंवैधानिक र अल्पमतको सरकार हो भन्ने प्रमाणित गर्छ।’

पत्रकार सम्मेलनमा कांग्रेस प्रमुख सचेतक फखरूद्दिन खानले सरकारले नैतिकता गुमाएकाले राजीनामा दिनुपर्ने बताए।
उनले प्रदेश प्रमुखले समेत पार्टीको कार्यकर्तासरह भूमिका निर्वाह गरिरहेको बताए।

माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले सरकार संसद् छलेर भागेकाले सरकार अल्पमतमा रहेको पुष्टि भएकाले राजीनामा दिनुपर्ने तर्क गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?