नेपाल–चीन सीमा हिल्सामा निर्माण गरिएको प्रवेशद्वार उद्घाटन गर्न मन्त्री हेलिकोप्टरमा आउने

नेपाल–चीन सीमा हिल्सामा निर्माण गरिएको प्रवेशद्वार उद्घाटन गर्न मन्त्री हेलिकोप्टरमा आउने
+
-

सिमकोट– कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको टोली प्रवेशद्वारको उद्घाटन गर्न हेलिकोप्टरमा हुम्ला आउने भएको छ।

नेपाल र चीनको सीमाना हिल्सामा गत वर्ष निर्माण भएको प्रवेशद्वारको उद्घाटन तथा प्रदेश सरकारले जिल्लामा निर्माण गरेका कार्यक्रमहरुको अनुगमन गर्न टोली हुम्ला आउन लागेको हो।

कर्णाली प्रदेश सरकारका पर्यटन मन्त्री बुढा हेलिकोप्टरमा प्रवेशद्वार उद्घाटन गर्न आउन लागेको डिभिजन वन कार्यालयका प्रमुख रेनुका न्यौपानले बताइन्। मन्त्रीसँग आउने अरुको टुंगो नभएको उनको भनाइ छ।

मन्त्रीसँगै हुम्ला आउनेको सुर्खेतमा पास मिलाउने काम भइरहेको बताइएको छ। हेलिकोप्टरमा आउन लागेको मन्त्रीको टोली सिमकोटबाट हिल्सा जानेछ।

कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोग र डिभिजन वन कार्यालय हुम्लाको प्राविधिक सहयोगमा प्रवेशद्वार निर्माण भएको हो।

मन्त्रीको टोली एक रात जिल्लामै बस्नेछ। उद्घाटन कार्यक्रम कोरोना कहरका कारण रोकिएको थियो। ७५ लाखमा सीमा प्रवेशद्वार निर्माण सम्पन्न भएको थियो। निर्माण उपभोक्ता समितिसमेत सिमकोटमै रहेका छन्। हेलिकोप्टरले हिल्साका लागि दुई उडान भर्ने व्यवस्थाका लागि तयारी भइरहेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष