रैथाने बाली लगायतका तीन कार्यक्रमको बजेट फिर्ता

रैथाने बाली लगायतका तीन कार्यक्रमको बजेट फिर्ता
+
-

सिमकोट –कृषि विकास कार्यालयले रैथाने बाली लगायतका कृषि क्षेत्रका तीन वटा कार्यक्रम सञ्चालन नगरेर बजेट फिर्ता पठाएको छ।

राजनीतिक दलका नेताहरुको कारण स्वतन्त्र रुपमा कार्यालयमा परेका प्रस्ताव माथि छानबिन गरेर छनौट गर्न नपाइने देखिएपछि अनावश्यक बजेट खर्च गर्नु भन्दा फिर्ता पठाउने निष्कर्षमा कार्यालय पुगेको हो।

चिनो बाली उत्पादन गर्दै आएकी किसान नन्दकली बोहराले कार्यक्रम रद्ध गरिएकोले वास्तविक किसानहरु मर्कामा परेको बताइन्। उनले केही अनुदान पाएको भए काम गर्ने हौसला बढ्ने आशामा आफूहरु रहे पनि बजेट फिर्ता भएपछि निराश भएकाे बताइन्।

कार्यालयका सुचना अधिकारी धर्मेन्द्र अधिकारीका अनुसार दबाब थेग्ने अवस्था नभएपछि आर्थिक वर्ष २०७७/०७८ का कृषि क्षेत्रका तीन वटा कार्यक्रम सञ्चालन गर्ने अवस्था नरहेपछि बजेट फिर्ता पठाइएको हो।

बजेट फिर्ता भएका कार्यक्रममा रैथाने बाली प्रवर्द्धन कार्यक्रमको ५० लाख, लसुन, प्याज, तरकारी तथा बाली प्रवर्द्धन कार्यक्रमको ३० लाख र स्याउ ओखर नर्सरी कार्यक्रमको साढे ९ लाख रहेको छ। सूचना अधिकारी अधिकारीले एउटा कार्यक्रममा चार सय भन्दा बढि निवेदन कार्यालयमा पेश हुन आएकोमा छनौट गर्न सबैतिरबाट दबाबआएपछि बजेट फिर्ता पठाउने निर्णयमा कार्यालय पुगेको बताए ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष