बल्ल बने पुल

बल्ल बने पुल
+
-

सिमकोट– सम्झौता भएर निर्माण हुन नसकेको पुल आव ०७/७८ मा सम्पन्न भएका छन्। ०७० सालबाट काम सुरु भएर सम्पन्न हुन नसकेका ती पुलका योजना कार्य सम्पन्न भई प्रयोगमा समेत आएका छन्।

सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाका अनुसार गाउँपालिका–४ को बुराउसे खोलामा चार वर्षदेखि सम्झौता भएर निर्माण सुरु भई सम्पन्न हुन नसकेको झोलुंगे पुल निर्माण सम्पन्न भएको छ।

उनले बर्सेनि निर्माण कम्पनीलाई काम सम्पन्न गर्न ताकेता गरे पनि नभएको काम यस वर्ष पूरा भएको जानकारी दिए।

सिमकोट–७ को चारटाँगेमा निर्माण भएको झोलुंगे पुल तर्दै नेत्र शाहीले ढुंगाको साँघुबाट खोला तथा कर्णाली तर्दै आएका स्थानीय क्रमशः फलामको पुल निर्माणसँगै आवत जावतमा सहज भएको बताए।

उक्त पुल पनि यसै आर्थिक वर्ष सम्पन्न भएको हो। यसैबीच, हिमाली कन्जर भेसन एन्ड डिप्लोमेण्ड एसोसिएसन हुम्लाको प्राविधिक सहयोगमा ०७७/७८ मा ८ वटा पुल निर्माण गरेका एसोसिएसनका कार्यक्रम संयोजक झुलबहादुर शाहीले निर्माण कम्पनीलाई काम सकाउन झक्झक्याएको प्रतिफल प्राप्त भएको बताए।

उनले यी पुल ५ वर्षसम्म निर्माण कार्य हुन नसकेको कार्य बल्ल पूरा भएका हुन्। पुल निर्माण सम्पन्न भएसँगै प्रयोगमा समेत आएका छन्।

निर्माण सम्पन्न भएका झुलंगे पुल नाम्खा गाउँपालिकाको मुचु झोलंगे पुल मुचु, हेप्का खोला ट्रसवृज, ताँजाकोट गाउँपालिकाको मासपुर झुलंगे पुल, चंखेली गाउँपालिकाको गाड लाग्न झोलुंगे पुल, सिमकोट गाउँपालिकाको मार्मे ट्रस वृज स्याँडा, बुराउसे झोलुंगे पुल सिमकोट ४, मुगरिक झोलंगे पुल दोजाम सिमकोट १ र चारटाँगे झोलंगे पुल सिमकोट ७ छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष