गाउँपालिका भवनका लागि जग्गा दान

गाउँपालिका भवनका लागि जग्गा दान
+
-

सिमकोट – हुम्लाकाे नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा रहेको नाम्खा ख्याम्जोङ गुम्बाका वरिष्ठ लामा पेमा रिक्सालले गाउँपालिकालाई निशुल्क रुपमा जग्गा प्रदान गरेका छन्।

समुदायबाट निशुल्क जग्गा उपलब्ध नभएर गाउँपालिकाले आफ्नै भवन निर्माण गर्न नसकिरहेका बेला लामाले व्यक्तिगत जग्गा निशुल्क उपलब्ध गराएका हुन्।

याेसँगै गाउँपालिलकाका कार्यालयकाे भवन निर्माणकाे बाटाे खुलेकाे छ।

गाउँपालिका अध्यक्ष बिष्णुबहादुर लामाले याल्वाङ चौरको चार हजार ८४४ वर्ग मिटर क्षेत्रफल रहेको जग्गा गाउँपालिकालाई निशुल्क उपलब्ध भएको बताए। तीन वर्षदेखि गाउँपालिकाले समुदायबाट निशुल्क रुपमा प्रति जग्गा खोज्दै आएर नपाएको अवस्थामा लामाबाट जग्गा प्राप्त भएपछि कार्यालय भवन निर्माणको बाटो खुलेको उनले बताए ।

प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानले लाखाैँ मुल्य पर्ने जग्गा निशुल्क प्राप्त भएकाे बताए।

उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिस आउने बित्तिक्कै गाउँपालिकाको नाममा जग्गा नामसारी गरिने बताए।

जग्गा नभएर भवन निर्माण गर्न नसकिएपछि गाउँपालिका भाडाको घरमा बस्दै आएको थियो । भवन निर्माणका लागि संघबाट प्राप्त हुँदै आएकाे बजेट फिर्ता जाने गरेकाे थियाे।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष