
काठमाडौँ – नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बाँदर बनाएर युवाहरुलाई सडकमा उतारेर कम्युनिष्ट आन्दोलन नजोगिने बताएकी छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि सर्वोच्च अदालतले संसदलाई पुन:स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशविरुद्ध युवाहरुलाई बाँदरको रुपमा सकडमा उत्रारेका थिए।
उनले भनिन,‘ किन बाँदर बनाएर सकडमा युवाहरुलाई उतारिएको छ। कम्युनिष्ट आन्दोलनलाई बिगारिएको छ।’ उनले गलत नेतृत्वबाट कम्युनिष्ट आन्दोलन अघि बढेको भन्दै चिन्ता व्यक्त गरिन्।
४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा ललितपुरको च्यासलमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा उनले एउटा नेताको अहंकारले कम्युनिष्ट आन्दोलन संकटमा परेको बताइन्।
उनले सगरमाथाको चुचुरो पुगेको कम्युष्टिट आन्दोलन गर्ल्यामगुर्लुम भएको बताइन्। उनको प्रश्न छ,‘ कम्युनिष्ट आन्दोलन धरासायी किन हुन पुग्यो?’
उनले व्यक्तिवादी, गुटवादी सोचेका कारण कम्युनिष्ट पार्टी संकटमा परेको बताइन्। संविधान जोगिएकोमा खुसी मनाउनु पर्ने उनको भनाइ छ।
उनले भनिन्,‘ आ–आफ्नो कम्युनिष्ट आन्दोलनभित्र विचारको छलफल हुनुपर्छ। सिद्धान्तको छलफल हुनुपर्छ। सामूहिक नेतृत्वबारे छलफल हुनुपर्छ। यस्तो नहुँदा कम्युनिष्ट आन्दोलन व्यक्ति र गुटवादबाट गुज्रिएको छ।’
उनले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा मुलुक जाँदा पनि कम्युनिष्ट पार्टी जोगाउन चुनौती भएको बताइन्।
एक अर्को प्रसंगमा उनले आफूले पुष्पलाल श्रेष्ठलाई भेट्न नपाएकोमा पछुतो व्यक्त गरिन्। तर मोतीदेवीलाई भेटेपछि त्यो बेलाको कम्युनिष्ट आन्दोलनबारे बुझ्ने मौका पाएको उनले बताइन्।
निरुकुंश समयमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन पुष्पलालले पुर्याएकाे योगदानको सम्मान गर्नुपर्नेमा उनले जोड दिइन्।
उनले भनिन्,‘सिद्धान्तमा अडिक नेता पुष्पलाल भएको बताए। त्यसैले कम्यनिष्ट पार्टी व्यक्तिप्रधान भएको थिएन।’