
सिमकोट – तीन दिनदेखि प्रसव व्यथा लागेकी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। तीन दिनदेखि व्यथा लागेकी उनका सुर्खेतमा उद्धार गरिएको हो।
जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले तीन दिनदेखि व्यथा लागेर सुत्केरी हुन नसकेकी अदानचुली गाउँपालिका–३ को बारी गाउँकी २१ वर्षकी सुनकेसा रावलकोसेनाको हेलिकोप्टरबाट सुर्खेत उद्धार गरिएको बताइन्।
रावल पहिलो पटक गर्भवती भएकी हुन्। व्यथा लागेर बिरामी भएपछि तीन दिनदेखि स्थानीय स्वास्थ्य चौकीमा उपचार गर्ने प्रयास गरिए पनि सुत्केरी गराउन सम्भव नहुँदा जिल्ला अस्पतालमा खबर गरिएको थियो।
उनले तीन दिनअगाडि व्यथा लागेको भए पनि जिल्ला अस्पताललाई शुक्रवार मात्र खबर आएको र त्यसलगत्तै गाउँपालिकाको सिफारिस र जिल्ला प्रशासन कार्यालयको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा गर्भवतीको उद्धार गरिएको जानकारी दिइन्।