हुम्लामा एक वर्षमा ४४७ जनाले पाए खाद्यान्न सहयोग

हुम्लामा एक वर्षमा ४४७ जनाले पाए खाद्यान्न सहयोग
+
-

सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट ०७७।७८ मा ४४७ जनाले जन्म र मृत्युका घटनाका लागि खाद्यान्न सहयोग पाएका छन्।

सरकारले उक्त दुवै संस्कारमा सहयोगस्वरूप उपलब्ध गराउने खाद्यान्न लिमिटेडद्वारा एक वर्षमा वितरण गरिएको हो।

लिमिटेडको सिमकोट शाखाका सूचना अधिकारी भरत अधिकारीले साविकको कर्णाली अञ्चलका बासिन्दाले जन्म र मृत्यु संस्कारमा खाद्यान्न गत वर्ष साउन १ गतेबाट असार मसान्तसम्म ४४७ जनाले खाद्यान्न पाएको बताए।

लिमिटेडले जन्म–मृत्यु संस्कार प्रतिव्यक्ति २० केजी खाद्यान्न निःशुल्क वितरण गर्दै आएको छ। जिल्लाका सात वटै गाउँपालिकाका बासिन्दाले पाएको बताउँदै उनले यसमा नयाँ जन्मका ३१९ र मृत्युका १२८ वटा घटना थिए।

प्रति घटना २० केजी चामल दिइएको हो । शाखाको गोदामबाट ८९ क्विन्टल ४० केजी खाद्यान्न वितरण गरिएको छ।

यसका लागि गाउँपालिकाको दूरी हेरी एक लाख ६८ हजार पाँच सय रुपैयाँ ढुवानीबापत सम्बन्धित घटनाका व्यक्तिलाई उपलब्ध गराइएको लिमिटेडले जनाएको छ। सो खाद्यान्न शाखा, डिपो र बिक्री केन्द्रबाट उपलब्ध गराउँदै आएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष