
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। शीतलनिवासमा शुक्रबार साँझ राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच समसामयिक विषयमा छलफल भएको हो।
‘सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीज्यूबीच समसामयिक विषयमा छलफल भएको हो । सम्माननीयज्यूहरूबीच यो नियमित भेटवार्ता हो’, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भने।
पद तथा गोपनियताको शपथग्रहणपछि देउवाले पहिलो पटक राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्। देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।
राष्ट्रपति भण्डारीसँग शुक्रबार बिहान एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका थिए।