व्यङ्ग्य गजल

भ्यागुतो छाने

भ्यागुतो छाने
+
-

मुङ्ग्रो घुमाइ किन हाने बुझ्न सकिएन
टुटिलो छाम्दै कता जाने बुझ्न सकिएन।।

वैरी भन्ने कोही हुन्न आफ्नो खाँचो पर्दा
कस्ले कस्लाइ किन माने बुझ्न सकिएन।।

किलो ठहर्‍यो सिमको सांसदको जागिर
हल्लाइ वरि कता ताने बुझ्न सकिएन।।

दुलो पार्दै ढुकुटीमा रकम चुहियो भन्छन्
कुम्लो बनाइ कता लाने बुझ्न सकिएन।।

कत्रो होला धोक्रे भुँडी अगस्तिको तुम्बा
कस्ले पाउँदा कति खाने बुझ्न सकिएन।।

सबै भन्छन् आफूलाई यो घरको मालिक
घर व्यवहार कस्ले धाने बुझ्न सकिएन।।

फटाहा होकि साँचो बोले खुट्याउन गाह्रो
भाषण फुक्दा लरबर याने बुझ्न सकिएन।।

कस्ता आए कस्ता गए लेखा जोखा छैन
आफूलाइ हात्ती किन ठाने बुझ्न सकिएन।।

पहिले पहिले भेडा भन्थे हो होइन कुन्नी
माछा भन्दै भ्यागुतो छाने बुझ्न सकिएन।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?