युथ फोर्सलाई ईश्वर पोखरेलको निर्देशनः कोही कानुन मिचेर अघि बढ्छ भने प्रतिवादमा उत्रिनू

युथ फोर्सलाई ईश्वर पोखरेलको निर्देशनः कोही कानुन मिचेर अघि बढ्छ भने प्रतिवादमा उत्रिनू
+
-

काठमाडौँ– नेकपा एमाले केपी शर्मा ओली निकट युवा संघ अन्तर्गत युथ फोर्सको उपत्यका कमाण्ड घोषणा भएको छ। शनिबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा युथ फोर्स उपत्यका कमाण्ड गठन गरिएको हो।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति रहने बताइएको भएपनि उनी उपस्थित भएनन्। कार्यक्रममा प्रमुख अथितिको रुपमा एमाले महासचिव ईश्वर पोखरेल उपस्थित भएका थिए।

कार्यक्रममा बोल्दै महासचिव पोखेलले संगठनको पथ प्रदर्शन पार्टी अध्यक्ष ओली रहने बताए। कसैले पार्टीका नेता कार्यकर्ताविरुद्ध हमला गर्छ भने त्यसको प्रतिवाद गर्न उनले निर्देशन दिए।

उनले भने, ‘जनता कहीँ असुरक्षित छन् भने, जनता माझ कतै त्रास फैलाइएको छ भने, हाम्रो पार्टीका नेता कार्यकर्तामाथि हमला गरिन्छ भने, कानुन मिचेर अघि बढ्न खोजिन्छ भने त्यसको प्रतिवादमा तपाईंहरु तयार हुनुपर्छ।’

यस्तै कार्यक्रममा बोल्दै नेता महेश बस्नेतले केपी ओली नेतृत्वले गरेका राम्रा काम भत्काउन खोजियो भने युथ फोर्सले त्यसको प्रतिवाद गर्ने बताए। युथ फोर्स सरकार र अदालतविरुद्ध खोलिएको संगठन भएको दावी गरे।

उनले भने, ‘यो संगठन सरकारविरुद्ध खोलिएको होइन। अदालतविरुद्ध खोलिएको होइन। यसले कानुन हातमा लिँदैन।’

तस्बिरहरुः बर्षा शाह/देश सञ्चार।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?