नेपालमाथि ओलीको आक्रोशः प्रतिक्रियावादीहरुको पुच्छर भएर हिँड्नेसँग एकता हुने विश्वास छैन

नेपालमाथि ओलीको आक्रोशः प्रतिक्रियावादीहरुको पुच्छर भएर हिँड्नेसँग एकता हुने विश्वास छैन
+
-

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहंकार र दम्भ देखाउने, प्रतिक्रियावादीहरुको पुच्छर भएर हिँड्ने र आन्दोलनलाई कमजोर बनाउनेहरुसँग अब एकताको विश्वास नगरेको बताएका छन्।

अपराध कर्मको नेतृत्व गरिरहेका व्यक्तिहरु बाहेकसँग मात्रै एकता हुने ओलीले बताएका छन्।

आइतबार आयोजित आफू पक्षीय अखिल नेपाल महिला संघको भर्चुअल कार्यक्रममा ओलीले भने, ‘अब देशलाई माया गर्नेहरु, पार्टीलाई माया गर्नेहरु एक जुट हुनपर्छ। प्रतिक्रियावादीहरुको जालझेलको अंग बनेर, प्रतिक्रियावादीसँग भित्री साँठगाँठ गरेर पार्टी ढाल्ने, सरकार ढाल्ने खेलमा सामेल भएको हामीले देखिरहेका छौँ। आफ्ना सांसदहरुलाई झुक्याएर, प्रलोभनमा पारेर या मतदानबाट बाहिर लगेको हामीले देखिरेहका छौँ। तर पनि गल्ती गरेकालाई पार्टीले क्षमा गर्छ। साथीहरु पार्टीमा फर्किनूस्।’

उनले महिला नेताहरुलाई पार्टीलाई स्वार्थको किनबेच र बिकाउहरुको झुण्ड नभई सिद्धान्त, विचार, आस्था र आदर्शमा केन्द्रीत भएको, अनुशानमा बाँधिएको, फराकिलो, जनपक्षीय, अग्रगामी र संक्रिय संगठनका रुपमा अगाडि बढाउन आग्रह गरेका छन्।

उनले भने, ‘केही बहकिएका छन्। एकजनाले कविता भनेका होलान् शायद। माया लाग्यो। दया लाग्यो। मैले केपी ओलीलाई बचाउन सकिन भनेर सत्तोसराप गरेर लेख्या रहेछ। दारी जुंगा कपाल सेतै फुल्या छ। बुद्धि भने त्यस्तो छ। विश्लेषण हैन आक्रोश छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?