झपट रावलको प्रेम आलेको समूहप्रति आक्रोशः मन्त्री बन्न मुसा प्रवृति देखाउन थालियो

झपट रावलको प्रेम आलेको समूहप्रति आक्रोशः मन्त्री बन्न मुसा प्रवृति देखाउन थालियो
+
-

काठमाडौँ– नेकपा एमाले माधवकुमार नेपाल खेमाका सांसद तर पछिल्लो समय शेरबहादुर देउवालाई विश्वासको मत नदिएका झपट रावलले सत्तामा रहँदा केपी ओलीको समर्थनमा उत्रिएका र ओली सत्ताबाट बाहिरिएपछि देउवालाई मत दिएका नेताहरुले मुसा प्रवृति देखाउन थालेको आरोप लगाएका छन्।

हालै ओलीलाई त्यागेर नेपाल खेमाका १४ जना सांसदसहित देउवालाई विश्वासको मत दिएका प्रेम आले, किसान श्रेष्ठलगायत ८ जना नेताहरुलाई लक्षित गर्दै रावलले उनीहरुले मुसा प्रवृति देखाएको आरोप लगाएका हुन्।

उनले बिहीबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हिजो प्रतिगमनको मतियार बनेका र पार्टी अध्यक्षलाई प्रतिगामी कदम चाल्न उक्साउने स्वार्थी अवसरवादीहरू केपी ओली सत्ता बाहिर गएपछि मुसा प्रवृत्ति देखाइरहेका छन्।’

यस्तै रावलले माओवादी त्यागेर ओलीसँग उभिएको भनेका नेताहरुलाई लक्षित गर्दै उनीहरुलाई पनि मुसा प्रवृति देखाएको आरोप लगाएका छन्। उनले भनेका छन्, ‘उनीहरू अहिले कोही हामी एमाले होइनौँ भन्दै अदालततिर धाइरहेका छन् भने कोही मन्त्री पदको लागि अवसर खोज्दै छन्। अन्य मतियारहरूको कुरै नगरौँ।’

रावलले विगतमा आफूहरुले मन्त्री बन्न नभई संसद जोगाउन संघर्ष गरेको दाबी पनि गरेका छन्।

उनले भनेका छन्, ‘हाम्रो लडाइ संसद् जोगाउनका लागि थियो, सरकारमा जान र मन्त्री बन्नका लागि थिएन। हाम्रो कारण संसद् जोगिएको छ। हामी सबैले सामूहिक रूपमा राजनीतिक जीवनलाई दाउमा राखेका थियौँ। मूलतः हाम्रो (पार्टीको एकताका लागि बैशाख २७ गते संसद् बैठकमा अनुपस्थित हुने २८ सांसद र संसद् विघटनपछि प्रतिनिधिसभा बचाउन सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने २३ जना सांसद) एमाले जोगाउने प्राथमिकता हो।’

यो सँगै विधि, पद्धतिबाट पार्टीलाई संस्थागत आधारमा चलाउने गरी सम्मानजनक एकता अहिलेको आवश्यकता भएको उनको भनाइ छ। उनले जस्तोसुकै एकताविरुद्धको उक्साहटलाई खारेज गर्दै एमालेको एकताका लागि दुई शीर्ष नेताबीच अविलम्ब संस्थागत संवाद हुनुपर्ने माग गरेका छन्।

उनले अन्तिममा भनेका छन्, ‘सुदृढ र सबल नेकपा (एमाले)को विकल्प छैन। आयाराम गयारामहरूको उक्साहटमा कोही पर्न हुन्न। समयको माग पनि यही हो। सबैलाई समयमै चेतना होस्!’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?