अघिल्लो आवमा हुम्लाको विकास बजेट खर्च ५१.६६ प्रतिशत मात्रै

अघिल्लो आवमा हुम्लाको विकास बजेट खर्च ५१.६६ प्रतिशत मात्रै
+
-

सिमकोट– हिमाली जिल्ला हुम्लामा अघिल्लो आर्थिक वर्षको विकास बजेट ५१ दशमलव ६६ प्रतिशत मात्र खर्च भएको पाइएको छ।

आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजित बजेटबाट जिल्लाका सात वटा स्थानीय तहसहित २७ वटा कार्यालयले सो खर्च गरेका हुन्।

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख नविन विश्वकर्माले अघिल्लो आर्थिक वर्षमा सबै कार्यालय गरी विकास बजेट वार्षिक ५२ करोड ३५ लाख ७१ हजार विनियोजित भएकोमा २७ करोड ४ लाख ९१ हजार ५९६ बजेट मात्र खर्च भएको बताए।

कोरोना, हिमपात, कर्मचारी जिल्लामा नबस्ने समस्याले विकास बजेट कम खर्च भएको सेवाग्राहीको गुनासो रहँदै आएको छ।

आर्थिक वर्ष २०७७/०७८ मा हुम्ला जिल्लाको कुल बजेट खर्च ८७ दशमलव १५ प्रतिशत पुगेको छ। कार्यालयका प्रमुख विश्वकर्माले जिल्लाका कार्यालयहरुको खर्च प्रतिशत सकारात्मक रहेको बताए।

आर्थिक वर्ष ०७७/०७८ मा कुल तीन अर्ब ३७ करोड ९२ लाख ४७ हजार १९४ को बजेट विनियोजित भएकोमा दुई अर्ब ९४ करोड ४७ लाख २९ हजार २९४ रुपैयाँ खर्च भएको हो। यो खर्च चालु र पुँजीगत बजेटको हो।

यसमा प्रदेश सरकार अन्तर्गतका कार्यालयहरुको खर्च समावेश गरिएको छैन।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष