
सिड्नी – एनआरएनए अस्ट्रेलियाको जुलाई ३१ शनिबारको दिन सम्पन्न निर्वाचनमा नन्द गुरुङ सन् २०२१–२०२३ कार्यकालका लागि अध्यक्षमा विजयी भएका छन् । उनले ८ हजार ५ सय ८३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी डा. ज्ञानेन्द्र रेग्मीले ४ हजार ८ सय ७९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी राष्ट्रिय समन्वय समितिको महासचिवमा राजुबाबु अधिकारी, सचिवमा सन्ध्या (सविता) शाह, कोषाध्यक्षमा अनिल पोखरेल (निर्विरोध) र संयुक्त कोषाध्यक्षमा राजकुमार नगरकोटी विजयी भएका छन् ।
युवा संयोजकमा बबिन मिश्र तथा युवा उपसंयोजकमा चन्द्रप्रसाद तिवारी (निर्विरोध) निर्वाचित भएका छन् भने साथै महिला संयोजकमा मञ्जु खड्का निर्वाचित भएकी छन् ।
निर्वाचनमा अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यहरूमा बुद्धि डल्लाकोटी, परशुराम अधिकारी, प्रज्वल भट्टराई, सूर्य आचार्य, परेशराज घिमिरे, राजेश बुढाथोकी, प्रेमप्रसाद कँडेल र नवीन भण्डारी निर्वाचित भएका छन् ।
राज्य समन्वय समितिका पदहरूमा न्यूसाउथवेल्स राज्यको संयोजकमा देबबहादुर गुरुङ तथा उपसंयोजकमा सुकीर्ति राज्य लक्ष्मी भट्ट विजयी भएका छन् । त्यसैगरी क्यानबेराको संयोजकमा अशोक बस्नेत तथा उपसंयोजकमा विक्रम सुवेदी विजयी भएका छन् भने नर्दन टेरिटोरीको संयोजकमा विष्णु चापागाई र उपसंयोजकमा सञ्जीव गोर्खाली ढकाल निर्वाचित भएका छन् ।
क्वीन्सल्याण्ड राज्यको राज्य संयोजकमा विनोदभक्त आचार्य तथा उपसंयोजकमा शम्भु घैसे विजयी भएका छन् भने दक्षिण अस्ट्रेलियाको राज्य संयोजकमा रेनुका लामा तथा उपसंयोजकमा सञ्जय पुरी विजयी भएका छन् ।
तास्मेनिया राज्यको राज्य संयोजकमा राकेश शाक्य तथा उपसंयोजकमा जगदीश खड्का निर्वाचित भएका छन् । त्यसैगरी भिक्टोरिया राज्यको राज्य संयोजकमा हरि खड्का (निर्विरोध) तथा उपसंयोजकमा नारायण कटुवाल (निर्विरोध) निर्वाचित भएका छन् । साथै पश्चिम अस्ट्रेलियाको राज्य संयोजकमा दीपक बस्नेत (निर्विरोध) तथा उपसंयोजकमा सुनील श्रेष्ठ (निर्विरोध) निर्वाचित भएका छन् ।
अस्ट्रेलियाको ६ वटा राज्य र २ वटा टोरिटोरीमा एकैसाथ गरिएको पहिलोपटक अनलाइन भोटिङको व्यवस्था गरिएको थियो । १५ हजार २ सय ९८ मतदाताले मताधिकार प्रयोग गर्न पाउने व्यवस्था रहेको सो निर्वाचनमा १४ हजार २ सय १३ मत अर्थात् ९२.९ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
कुल मतमध्ये न्यूसाउथवेल्समा ५ हजार २ सय ९२ मत खसेको थियो । त्यसैगरी दक्षिण अस्ट्रेलियामा १ हजार ८ सय ५, भिक्टोरियामा १ हजार ७ सय ९६, क्वीन्सल्याण्डमा १ हजार २ सय ५७, तास्मेनियामा १ हजार २ सय १३, क्यानबेरामा १ हजार १ सय ७६, नर्दन टेरिटोरीमा १ हजार २० र पश्चिम अस्ट्रेलियामा ६ सय ३८ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।