दुर्गमका खर्कालामै गएर डाक्टरहरुले गरे गोठालाको स्वास्थ्य जाँच

दुर्गमका खर्कालामै गएर डाक्टरहरुले गरे गोठालाको स्वास्थ्य जाँच
+
-

सिमकोट– ३ हजार ५ सय १० मिटर उचाईमा रहेको हुम्लाको रानी खर्क पुगेर चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले चेकजाँच गरिदिएपछि खर्काला (गोठाला)हरु खुसी भएका छन्।

बिरामी पर्दा स्थानीय जडिबुटीमा भर पर्ने उनीहरु चिकित्सकसँग आफ्नो स्वास्थ्य समस्या साट्न पाउँदा खुसी भएका हुन्।

बझाङ, बाजुरा र हुम्ला जिल्लाको सीमाना रानीखर्कमा पुगेर खर्कालुहरुको उपचार गर्ने व्यवस्था गरिएको थियो। नाम्खा गाउँपालिकाको स्वास्थ्य शाखाको पहलमा उच्च स्थानमा रहेको खर्कमै पुगेर उपचार कार्य गरिएको हो।

गत जेठ महिनादेखि रानी खर्कमा पशुबस्तु हेर्दै आएकी नाम्खा गाउँपालिका–३ की खाण्डो लामाले चिकित्सक आएर खर्कालाहरुले उपचार गर्न पाएकोमा खुसी व्यक्त गरिन्।

गाउँपालिका केन्द्र याल्बाङबाट एकदिन पैदल हिँडेर चिकित्सकको टोली रानीखर्क पुगेर उपचार गरेको हो। डाढ दुख्ने रोगले पीडित लामाले खर्कमा घरेलु उपचार विधि गर्दा सन्चो नभएको बेला चिकित्सक पुगेर उपचार गर्दा निक्कै राहत मिलेको बताइन्। अग्लो स्थानमा पशुपालन गर्दै आएका सबै खर्कालाहरुले उपचार गर्न पाएका हुन्।

बाथ रोगले बिरामी परेकी पेमा लामाले खर्कमा पहिलो पटक उपचार गर्न पाएको बताइन्। आफू बसेकै ठाउँमा डाक्टर आउँदा भगवान आएजस्तो भएको उनले बताइन्।

यसअघि बिरामी हुँदा घरमा खबर गरेर औषधि झिकाउने वा जटिल बिरामी भए बोकेर स्वास्थ्य चौकी तथा जिल्ला अस्पताल पुर्‍याउनु पर्ने अवस्था रहेकोमा खर्कमै उपचार गर्न पाउँदा सहज भएको उनको भनाइ छ।

गाउँपालिकाका स्वास्थ्य संयोजक ग्याछो लामाले खर्कमा बस्दै आएका नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिका खर्कालाहरु र जडिबुटी संकलन गर्न पुगेका बाजुरा र जुम्लाबाट आएका व्यक्तिहरुको पनि उपचार भएको बताए।

उपचारकै लागि गाउँपालिकाले चिकित्सकको व्यवस्था गरेर चेकजाँच कार्यक्रम सञ्चालन गरेको हो। सबै खर्कालामा केही न केही समस्या देखिएको बताउँदै उनले स्वास्थ्य जाँचपछि औषधिको पनि उपलब्ध गराइएको बताए। बालबालिकादेखि ८० वर्ष उमेरका १५२ जना खर्कालाहरुको निःशुल्क उपचारको व्यवस्था गरिएको थियो।

खर्कमा विशेषगरि बाथ, दम, ग्यास्ट्रिक, रुघाखोकी, एलर्जीका बिरामीहरुको उपचार गरिएको थियो। खर्कालालाई परिवार नियोजनका साधन पनि वितरण गरिएको थियो।

बिरामीको उपचारका लागि रानीखर्क पुगेका चिकित्सक नितेश घिमिरेले स्वास्थ्यकर्मी र औषधिसहित टोली पहिलो पटक उच्च स्थानमा पुगेको बताए। गाउँपालिका अध्यक्ष बिष्णु बहादुर लामा, उपाध्यक्ष पेमा लामा, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेसमेत सोही टोलीमा रानी खर्क पुगेका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष